नेपालगन्ज : सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्ग मर्मत गर्ने भएको छ । कोहलपुरदेखि दाङको सीमाना शिवखोलासम्मको राजमार्ग मर्मतका लागि मूल्य अभिवृद्धि करसहित २० लाख बजेट खर्च गरिने छ ।
ठेकेदारले आगामी वैशाखसम्म मर्मतको काम पुरा गर्ने डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख रामकुमार देव बताउँछन् । महेन्द्र राजमार्गको उक्त सडकखण्ड तीन बर्षदेखि जीर्ण बनिरहेको छ । राजमार्ग मर्मतका लागि बजेट सधैं अपुग हुने गरेको उनको गुनासो छ ।
‘नियम अनुसार ५–५ वर्षको अवधिमा आवधिक मर्मत गरिन्छ, तर सवारी साधनको चापले गर्दा आवधिक मर्मत गर्ने आवश्यकता तीन वर्षमै देखिएको उनले बताए ।
२०७४ को बाढीले क्षति पु¥याएका राजमार्गका अधिकांश पुल अहिले पुनः क्षतिग्रस्त अवस्थामा पुगेका छन् । कार्यालयले गत वर्ष बाँके र बर्दियामा पर्ने राजमार्गका करिब सातवटा पुल मर्मत गरेको उनी बताउँछन् । तर, मर्मत गरेको एक वर्षमै पुलको छेउमा खाल्डाखुल्डी परेको छ । राजमार्गमा तीव्र गतिमा सवारी साधन गुड्ने हुँदा अनियन्त्रित भएर दुर्घटनामा पर्ने गरेका छन् । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । खाल्डोमा परी विशेष गरी राजमार्गमा गुड्ने साना सवारी साधन दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुका प्रमुख हिरेन्द्र रोकाया राजमार्गका खाल्डा खुल्डीले दुर्घटना बढिरहेको बताउँछन् । समयमा मर्मत नभएका
कारण दिनहुँ दुर्घटना हुने गरेको त्यस क्षेत्रका बासिन्दा बताउँछन् । ‘सवारी साधनको अत्यन्तै बढी चाप हुने राजमार्गमा जताततै खाल्डाखुल्डी छन, तीव्र गतिमा गुडिरहेका सवारी साधन खाल्डोमा परेर दुर्घटनामा पर्छन,’ राप्तीसोनारी–१ का स्थानीय डिल्ली डाँगीले भने, ‘समयमा सडक मर्मत नभए अझ धेरै दुर्घटना बढ्ने खतरा छ ।’ जीर्ण सडक समयमा मर्मत नहुँदा थप क्षति भइरहेको उनले बताए । सडक जीर्ण बन्दै जाँदा दुर्घटना बढेको छ भने सडकमा रहेका पक्की पुलहरु समेत जोखिममा छन् । यीनको तत्कालै मर्मत नभए कोहालपुर–लमही सडकखण्डमा कुनैपनि बेला ठूलो दुर्घटना हुनसक्ने देखिएकोछ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा