नेपालगन्ज : २५ किलो लागुऔषध चरेश सहित दुईजना पक्राउ परेकाछन् । पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका वडा नम्बर–२ बस्ती बस्ने २ जना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएकोछ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार बुङ्गलबाट वित्थड बझाङतर्फ गइरहेको अवस्थामा २५ किलो लागुऔषध चरेशसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीको अनुसन्धान समुह (आरआइटी) बाट प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा गएको टोली र प्रहरी चौकी वित्थडचिरका प्रहरी सहायक निरीक्षक रामबहादुर बमको संयुक्त टोलीले वित्थडचिर गाउँपालिका वडा नम्बर २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा बिहीबार राती साढे तीन बजे लागुऔषध सहित पक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको प्रहरीले जनाएकोछ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे