२५ किलो चरेश सहित दुईजना पक्राउ


२५ किलो चरेश सहित दुईजना पक्राउ

नेपालगन्ज : २५ किलो लागुऔषध चरेश सहित दुईजना पक्राउ परेकाछन् । पक्राउ पर्नेमा बझाङ बुङ्गल नगरपालिका वडा नम्बर–२ बस्ती बस्ने २ जना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएकोछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार बुङ्गलबाट वित्थड बझाङतर्फ गइरहेको अवस्थामा २५ किलो लागुऔषध चरेशसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

प्रहरीको अनुसन्धान समुह (आरआइटी) बाट प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा गएको टोली र प्रहरी चौकी वित्थडचिरका प्रहरी सहायक निरीक्षक रामबहादुर बमको संयुक्त टोलीले वित्थडचिर गाउँपालिका वडा नम्बर २ लिम भन्ने स्थानमा विशेष सुराकीको आधारमा बिहीबार राती साढे तीन बजे लागुऔषध सहित पक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको प्रहरीले जनाएकोछ ।