जनप्रतिनिधीले ५ देखि ५० हजारसम्म दिएको खुलासा
नेपलागन्ज : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता बाँकेमा समूहगत रूपमा उपस्थित हुँदै ‘पार्टीको एकीकृत जनक्रान्ति’ का नाममा सहयोग माग्ने गरेका छन् । नेकपा (विप्लव) ले बाँकेका स्थानीय तह, सरकारी कार्यालय, विद्यालय, गैरसरकारी संस्थामा चन्दाको दबाब दिएको छ ।
स्थानीय तहमा विकास बजेटको दुई प्रतिशत रकम अनिवार्य चन्दा दिन दबाब दिँदै जिल्ला जनपरिषदका नाममा पत्र पठाएको छ । चन्द नेतृत्वको नेकपाले जिल्ला जनपरिषदका नामबाट बाँकेका सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको दुई प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको हो । पार्टीको सर्कुलरअनुसार भन्दै सबै स्थानीय तह प्रमुखलाई पत्र पठाइएको खुलेको छ । पत्रबाहेक मौखिक रूपमा धम्कीपूर्ण भाषाको प्रयोग गर्दै रकम छिटो उपलब्ध गराउन दबाब दिने गरिएको छ ।
पत्रअनुसार धेरै स्थानीय तहका जनप्रतिनिधिले ’बार्गेनिङ’ गरेर रकम बुझाएका छन् । केहीले विकास बजेटबाटै र कतिपयले व्यक्तिगत रूपमा रकम दिइसकेको जनाएका छन् । चन्दा दबाबमा वडाध्यक्षसमेत परेका छन् । यहाँका धेरै गाउँपालिका वडाध्यक्षले आम्दानीको स्रोतअनुसार पाँच हजारदेखि १० हजार रुपैयाँसम्म उपलब्ध गराएको खुल्न आएको छ । त्यस्तै गाउँपालिका अध्यक्षले ५० हजार रुपैयाँसम्म उपलब्ध गराएको विप्लव निकट स्रोत बताउँछ ।
उक्त पार्टीका नाममा नगर र गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई पत्राचार गरी रकम माग गरिएको छ । कतिपय जनप्रतिनिधिले चन्दा दिएको स्वीकार गरेका छन् । आर्थिक सहयोग सम्बन्धमा विप्लव माओवादीका नाममा लिखित पत्र आएको थियो एक जनप्रतिनिधीले भने ‘हामीले ५/१० हजार सहयोग ग¥यौं ।’
बाँकेका उद्योगी/व्यवसायीसँग पनि चन्दा माग गरिएको छ । एक/दुई महिनाअघि आर्थिक सहयोग गर्नु भनेर पत्र आएको एक व्यवसायीले भने ‘व्यवसायी चन्दा आतंकमा परेका छन् ।’चन्दा मागेका थिए, त्यो सत्य हो, उनले भने, ‘तर, मिलाएर पठाइयो, चन्दा दिएको होइन ।’
नेपालगन्ज उपमहानगरपालिकाका एक वडाध्यक्षका अनुसार नगरपालिकामा पनि रकम माग गर्दै पत्र आएको छ । अहिले नगरपालिका प्रतिनिधी र विप्लवका प्रतिनिधीबीच गोप्य रूपमा ‘वान टु वान’ वार्ता भइरहेको एक जनप्रतिनिधि बताउँछन् ।
विप्लवका कार्यकर्ताले तीनथरी रकम माग्दै दबाब दिने गरेका छन् । बाँकेका विभिन्न स्थानीय तहमा अहिले यो समस्याले जारे गाडेको छ । दबाब बढेपछि धेरै अध्यक्षले प्रशासकीय अधिकृतसँग मिलेर रकम उपलब्ध गराएका छन् ।
नगरपालिका र गाउँपालिकाको बजेट दुर्गम गाउँ, गरिब बस्ती र सुकुम्बासी बस्तीमा पुग्न नसक्ने र नेता/कार्यकर्ताको पहुँचका भरमा केन्द्रित हुने भएकाले त्यस्तो रोक्न र पार्टीको नीतिअनुसार विकासका योजनामा खर्च गर्न रकम माग गरिएको विप्लव स्रोतले बताएको छ । निर्माण व्यवसायीबाट पनि ठेक्काबापतको रकमबाट दुई प्रतिशत चन्दा माग गरिएको छ । शिक्षक, कर्मचारीबाट दुई दिनको तलब माग गरिएको पार्टी स्रोतले बताएको छ । कार्यकर्तादेखि पार्टीका हरेक क्षेत्रमा काम गर्ने कार्यकर्ताका लागि रकमको आवश्यकता बढेकाले पार्टीको निर्देशनअनुसार चन्दा उठाउन लागेको विप्वले बताएको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा