रुकुम पश्चिम : द्वन्द्वकालमा मारिएका सहिद छोराको नाममा छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । बाँफिकोट गाउँपालिका–२, का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका १५ बर्षीय छोरा खड्क केसीको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् ।
छोराले ५ कक्षा सम्म पढेको जनकल्याण माध्यामिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहिद खड्क स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना भएको हो । विद्यालयको ५५ औं बार्षिकोत्सवको अवसरमा वडा अध्यक्ष खत्रीले अक्षय कोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गरे ।
उक्त रकमको ब्याज वापत आउने रकमबाट हरेक वर्ष सोही विद्यालयका गरीब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ । विद्यालय पोशाक, कापी कलमको अभावमा विद्यार्थीहरुले पढ्नबाट बञ्चित नहोउन् भनेर सहिद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताए । उनका अनुसार छात्रवृत्ति अर्को वर्षदेखि प्रदान गरिने छ । अर्को वर्षदेखि हरेक फागुन १२ गते विद्यालयको वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ । खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्वारा मारिएका थिए ।
तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि साविक पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्रीबन्धुसँगै खड्क मारिएका थिए । उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका–३, स्थित जनता माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा