डेकको परामर्श कार्याशाला


डेकको परामर्श कार्याशाला

नेपालगन्ज :ह्युमानिटी एण्ड ईन्क्लुजन, भोलुन्टरी सर्भिसेस ओभरसिज र अपाङ्गता सशक्तीकरण सञ्चार केन्द्र (डेक) नेपालको संयुक्त
साझेदारीमा बाँकेमा सन २०१८ देखि २०२२ सम्म संचालन हुन लागेको किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रमको जिल्ला स्तरीय परामर्श कार्यशाला बुधबार नेपालगन्जमा भएको छ ।

कार्यशालामा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाँउपालिकाबाट सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । विद्यालय शिक्षाबाट बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरीहरुको शिक्षा तथा जीवनउपयोगी सीपमा पँहुच पु¥याई सशक्तीकरण गर्ने परियोजनाको मुख्यउद्देश्य रहेको डेक नेपालका काकार्यकारी निर्देशक देविदत्त आचार्यले बताए । उक्त कार्यशालामा जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी मदन भुजेलको सहभागीता रहेको थियो ।