लग्दहवामा शिवपुराण कथा वाचन हुने


नेपालगन्ज : शिवपावर्ती एवं काली माता मन्दिर ब्यवस्थापन समितिको आयोजनामा आगामी फाल्गुन १९ गते देखि २३ गते सम्म संगितमय शिवपुराण तथा गायत्री महायज्ञ हुने भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९, लग्दहवा गाँउमा १ सय ६० वर्ष पुरानो दुईवटा शिवमन्दिर जीर्णोद्धारका निमित्त उक्त महायज्ञको आयोजना गरिन लागेको हो । महायज्ञको पहिलो दिन विहान ९ बजे कलश यात्रा गरिनेछ । सोही दिन बेलुकादेखि संगितमय शिवपुरणा कथा एवंम पूजा हुनेछ ।

२१ गते रुद्राभिषेक, २२ गते कुण्डीय गायत्री महायज्ञ तथा दीप महायज्ञ र २३ गते यज्ञको महापूर्णाहुती एवंम महाभण्डारा गरिनेछ । गायत्री महायज्ञ एवं संगितमय शिवपुराण कथा वाचनका लागि पण्डित भारतप्रसाद शुक्ल आउनेछन् । पाँचदिनसम्म चल्ने सो शिवपुराण कथा वाचनको सवै तयारी पुरा भइसकेकोछ ।