नेपालगन्ज : सर्वोच्च अदालतले लोकसेवा आयोगलाई काम–कारबाही यथास्थितिमा राख्न आदेश दिएको छ ।
लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर कोरोना संक्रमणका कारण अन्तरवार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै सूचना प्रविधि विज्ञ पदको काम–कारबाही यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै दायर रिटमा यस्तो आदेश भएको हो ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राजपत्रांकित प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पदको काम–कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
सुवेदी सूचना प्रविधि विज्ञमा आन्तरिक प्रतिस्पर्धाबाट भएको प्रतिस्पर्धामा उत्तीर्ण भएको र अन्तर्वार्ताका लागि समेत छनोट भएका थिए । अन्तर्वार्ताका लागि असार ३१ का लागि तय भएको मिति सारिएको र साउन २९ गते उक्त परीक्षाको लिखित नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो ।
तर, सुवेदी कोरोनाबाट संक्रमित भएपछि असोज २९ को सूचनाअनुसार परीक्षा सञ्चालन भएमा सुविधा सन्तुलनको दृष्टिकोणबाट उनलाई अपूरणीय क्षति हुन जाने भन्दै मुद्दा नटुंगिएसम्म सूचना प्रविधि विज्ञको परीक्षा नगर्न आदेशमा भनिएको छ ।
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू