इन्स्पाइरिङ्ग युथमा सडक बालबालिकाको सवाल


इन्स्पाइरिङ्ग युथमा सडक बालबालिकाको सवाल

नेपालगन्ज : बागेश्वरी असलशासन (बास)ले सञ्चालन गर्दै आएको ‘इन्स्पाइरिङ्ग युथ’को १ सय २५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ ।

नेपालगन्जमा शनिबार गरिएको प्यानल छलफलमा नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भीमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउदै सडक बालबालिकाको व्यवस्थापनका विषयमा सहभागीले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

शाहले सडक बालबालिकाको अवस्था, उद्दार, संरक्षण र व्यवस्थापनमा सरोकारवाला निकायको कर्तब्य र भूमिका विषयमा, ट्राफिक सहायक निरीक्षक ओलीले सवारी साधनमा काम गर्ने बालबालिकाको अवस्था तथा पत्रकार गिरीले सडक बालबालिकाको व्यवस्थापनमा मिडियाको भूमिकाका विषयमा आफ्ना कुरा राखेका थिए । बासका रविन्द्र बोहराले सहजिकरण गरेको सो कार्यक्रममा बाल तथा युवा अधिकारकर्मी लगायतको सहभागिता थियो ।