कुखुरा चोरेको आरोपमा बाबुछोराले कुट्दा १८ वर्षिय युवकको मृत्यु


कुखुरा चोरेको आरोपमा बाबुछोराले कुट्दा १८ वर्षिय युवकको मृत्यु

दाङ : कुखुरा चोरेको आरोपमा निर्घात कुटपिट गर्दा एक युवको ज्यान गएकोछ । राप्ती गाउँपालिका वडा नम्बर–३, दाङका १८ वर्षिय नरेश चौधरीको मृत्यु भएको हो । कुखुरा चोरेको आरोपमा कुटपिट गर्दा १८ वर्षीय चौधरीको मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।

स्थानीय ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाश घर्तीले कुखुरा चोरेको आरोपमा चौधरीलाई निर्घात कुटपिट गर्दा चौधरी गम्भीर घाइते भएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

लाठीले कुटपिट गर्दा गम्भीर घाइते चौधरीको रक्तश्रावका कारण बिहीबार राती नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । राती कुखुरा कराएपछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएर कुटपिट गरेको स्थानीयलाई उदृध गर्दै प्रहरी निरीक्षक भट्टले अगाडी भने–‘कुटपिट गर्ने बाबु छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’

यसैबीच, पश्चिम दाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका– १ खिलतपुर निवासी ३७ वर्षीय गणेश केसी खिलतपुर चोकदेखि करिब २ सय मिटर परको नालामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।