गत वर्ष रामलीला मञ्चन गर्नुपूर्व सजाइएको रामलीला मैदान । तस्विरः विजय मल्ल/ सेतोखरी
नेपालगन्ज : कोरोना कहरका कारण पश्चिम नेपालमै परिचय बनाएको १५३ वर्ष लामो ईतिहास बोकेको रामलीला मञ्चन स्थगित भएकोछ ।
प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुदै आएको थियो । तर कोरोनाका कारण यस वर्ष मञ्चन नहुने भएकोछ ।
पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको हो ।
मलीला सञ्चालक समितिले रामलीला मञ्चनको एक सय ५३ वर्षमा पहिलोपटक रामलीला मञ्चन स्थगित गरेसगैं दशैंको उत्साह घटेकोछ । १ सय ५३ औं वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई यसपटक सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मक स्वरुप सोही स्थानमा पूजापाठ गरिने रामलीला सञ्चालक समितिले जनाएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १३ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भब्य र सभ्यरुपमा मनाइदै आएको थियो । जहाँ नेपाल तथा भारतका कलाकारहरुले रामलीला मञ्चन गर्दै आएका थिए ।
यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएकोछ । यसअघि रामलीला सञ्चालक समितिका कार्यबाहक अध्यक्ष सन्तोषकुमार कनोडीयाको अध्यक्षतामा बसेको साधारणसभा बैठकले कोरोना भाइरस संक्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको रामलीला मञ्चन नगर्ने निर्णय गरेको थियो ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग