होपको वार्षिक उत्सवमा सद्भावलाई सम्मान


होपको वार्षिक उत्सवमा सद्भावलाई सम्मान

नेपालगन्ज : होप ईन्टरनेशनल एकेडेमीले आफ्नो १७ औं वार्षिक उत्सवका अवसरमा सद्भाव राष्ट्रिय दैनिकलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रमा समाचार सम्प्रेशण गर्दै शैक्षिक स्तर उकास्न सहयोगी भूमिका खेलेकोले सद्भाव राष्ट्रिय दैनिकलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश पाँचकी प्रदेश सांसद कृष्णा केसी तथा विद्यालय सञ्चालन समितिका अध्यक्ष सुरेशकुमार गौतमले संयुक्तरुपमा दोसल्ला ओढाएर सम्मान प्रदान गरेका हुन् । सद्भाव दैनिकका प्रकाशक तथा सम्पादन दामोदर भण्डारी सो सम्मान ग्रहण गर्दै विद्यालय प्रति कृतज्ञता प्रकट गरे ।

यस्तै वार्षिक उत्सवमा विद्यालयका जेष्ठ अभिभावक ८५ वर्षिय चन्द्रदेव उपाध्याय तथा हरप्लेस नेपाललाई समेत सम्मान गरिएको विद्यालय सञ्चालन समितिका अध्यक्ष सुरेशकुमार गौतमले जानकारी दिए । विद्यालयको १७ औं वार्षिक उत्सवका अवसरमा होपले विविध कार्यक्रमको आयोजना समेत गरेको छ । गुणस्तरीय, अनुशासित र मर्यादित शिक्षामा जोड दिदै आएको होपले १७ औं वार्षिक उत्सवमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना समेत ग¥यो ।

विद्यालय सञ्चालन समितिका अध्यक्ष सुरेशकुमार गौतमको अध्यक्षतामा भएको सो वार्षिक उत्सवमा प्रमुख अतिथि प्रदेश पाँचकी प्रदेश सांसद कृष्णा केसीले विद्यार्थीको चौतर्फी विकासका लागि अध्यापन शैलीमा सधै परिस्कृत गर्दै लानुपर्ने बताईन् । उनले भनिन्–शिक्षा दुई किसिमका हुदैनन्, शिक्षा भने एकै किसिमको हुन्छ । छोटो समयमा पनि विद्यार्थी र अभिभावकको विश्वास जित्दै गुणस्तरीय शिक्षामा जोड दिएको विद्यालयबाट पनि धेरे विद्यालयले सिक्नसक्नेमा जोड दिइन् ।

कार्यक्रममा सहभागि विशिष्ट अतिथि एन प्याबसन बाँकेका अध्यक्ष श्याम कुँवर, नगर शिक्षा कार्यालयका नगर प्रमुख मनप्रसाद रेग्मी लगायतले सरकारको शिक्षा निती तथा कार्यक्रमले शैक्षिक क्षेत्रमा दुबिधा भएको बताए । उनीहरुले सरकारले शैक्षिक क्षेत्रमा दुबिधा नपार्न प्रष्ट निती तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

विद्यालयका प्रध्यानाध्यापक केशवा रेग्मीले वार्षिक उत्सव कार्यक्रममा विद्यालयले वर्षभरि सम्पन्न गरेका क्रियाकलापका बारेमा जानकारी गराउदै भावी कार्यरणितिका बारेमा प्रकाश पारेका थिए । वार्षिक उत्सवमा विद्यालयका विद्यार्थीले साँस्कृतिक कार्यक्रमका साथसाथै नाटक मञ्चन समेत गरेका थिए । २०५९ सालदेखि सञ्चालनमा आएको सो विद्यालयले गुणस्तरीय शिक्षाका लागि हरसम्भव प्रयासहरु अघि सार्दै आएको छ ।