नेपालगन्ज : प्राकृतिक स्रोत साधन सम्बन्धमा भइरहेको अनियमितता अनुगमनका लागि प्रदेश पाँचको प्रदेशसभा अन्र्तगत सार्वजनिक लेखा समिति बाँकेको अनुगमनमा आउने भएको छ । अनुगमनका लागि फागुनको २५ गते बाँकेमा आउने कार्यक्रम रहेको छ । प्रदेशका छ जिल्लामा जाने निर्णय भएअनुसार पहिलो चरणमा बाँके पनि छनौटमा परेको समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए ।
समितिले पहिलो चरणमा प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमनका लागि समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । समितिले एक हप्ताको समय अवधिमा जिल्लाको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार गर्ने छ । जिल्लामा वन जंगल खनिज पदार्थ दुरुपयोग भएको र ढुंगा, गिट्टी बालुवा निकासी र इँटा उद्योग मापदण्डअनुसार चले÷ नचलेको स्थलगत अनुगमन गरी यथार्थ पत्ता लगाउने भएको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा