नेपालगन्ज : बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको पानी पोखरीमा शिव महादेवको मूर्ती छ । शिवरात्रीमा भोलेबाबाहरुले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यसवर्ष शिवभक्तहरु देखिएनन् ।
उसो त अन्य समयमा पनि जुँगे महादेवको पुजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा आज भीड बढेको थियो । जुँगे महादेवको मुर्तीमा प्रसाद चढाउन र पुजा अर्चना गर्न भक्तजनहरु लामो समय लाइनमा बस्नुपथ्र्यो ।
नेपाल प्रहरीले लाइनलाई व्यवस्थित गरिरहेको थियो । ‘विहान ४ बजेदेखि लाइनमा बसिरहेकी छु,’ नेपालगन्ज–१८, की कौशिला बस्नेतले भनिन्, ‘लाइन घटिरहेको अब पालो आउँला जस्तो छ ।’ बागेश्वरी मन्दिरमा विशेषगरी युवतीहरुको भीड देखिन्थ्यो ।
‘पोहोर साल त धेरै देखेको थिएँ यसपाली भोलेबाबाहरु देखिएनन् । केही चिसो मौसम भएर होला ?’ नेपालगन्ज–१ की दिपिका रेग्मीले अड्कलबाजी गरेर भन्निन्, ‘विगतका वर्षहरुमा बागेश्वरी मन्दिर परिसरमा धुँवा उडाइरहेका भोलेबाबाहरु यसपाली हराएछन् ।’
दिपिकाले भनेजस्तै यस वर्षको शिवरात्रीमा बागेश्वरीमा भोलेबाबा देखिएनन् । त्यसो त यसपाली स्थानीय प्रशासनले भाङ्ग, धतुरो र गाँजा खान प्रतिबन्ध लगायो ।
विगतका वर्षहरुभन्दा यसवर्ष शिवरात्रीमा भाङ्ग, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाई गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
उनले भने, ‘भोलेबाबाको उपस्थिति नहुनुमा यसैको प्रभाव पनि हुनसक्छ ।’ संसारभर पाइने महादेवको मूर्तीमध्ये जुँगा भएको मूर्ती यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रशिद्ध मन्दिर हो ।
यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ । एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा