गठन प्रक्रियामा निगरानी समूह
नेपालगन्ज : आर्थिक अनियमितता रोक्न र भ्रष्टाचारलाई न्यूनिकरण गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अब बाँकेका घुसखोरी कार्यालयमा ‘जासुस’ परिचालन गर्ने भएको छ ।
नागरिकको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने तयारी गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् । प्रभावकारी सेवाका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले यस्तो कामको थालनी गर्न लागेको उनले बताए ।
उनका अनुसार यो काम बाँकेको मालपोत, यातायात, नापी, आन्तरिक राजश्व, नेपालगन्ज उपमहानगरपालिका लगायतका स्थानीय तह अदालत, जिल्ला प्रशासन, प्रहरी लगायतमा आयोगबाट गोप्य रूपमा कर्मचारीलाई सेवाग्राहीको भेषमा खटाईने छ । अडियो र भिडियो रेकर्ड गर्ने गोप्य डिभाइससहित सरकारी कार्यालयमा ‘जासुस’ खटाईनेछ । त्यसरी खटिएका आयोगका कर्मचारीले घुस लिएको देखेमा रंगेहात पक्राउ गर्ने अख्तियार नेपालगन्जका प्रमुख गणेश गैरे बताउँछन् ।
यसबाट ती कार्यालयमा हुने अन्य भ्रष्टाचारको सूचना संकलनमा पनि अख्तिायरलाई सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
यसका लागि अख्तियारले राष्ट्रिय अनुसन्धान विभागबाट थप कर्मचारीलाई ल्याएर भ्रष्टाचारसम्बन्धी गुप्तचरी संयन्त्रलाई बलियो बनाउन अभ्यास गरिरहेको अख्तियार स्रोतले बताएको छ । यस्तो निगरानीसम्बन्धी कार्यविधि समेत बनाइएको छरु। कर्मचारीका साथै सरकारी कार्यालयमा हुने बिचौलियामाथि पनि अबदेखि जासुसीले निगरानी गर्ने छन् ।
उजुरीका आधारमा पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार बढेको गैरे बताउँछन् । मालपोत, यातायात कार्यालयका कर्मचारी पटकपटक घुससहित पक्राउ पर्दै आएका छनरु। तैपनि घुस लिने क्रम घटेको छैन । कारबाहीबाट मात्र घुसखोरी नियन्त्रण नभएपछि आयोगले त्यस्ता कार्यालयमा निगरानी बढाउन लागेको गैरे बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला–जिल्लामा भ्रष्टाचार निगरानी समूह बनाउँदै छरु। केन्द्र र सातवटै प्रदेशमा यस्ता समूहका तदर्थ समिति गठन भइसकेका छन् ।
अपराध नियन्त्रणमा नेपाल प्रहरीले सामुदायिक प्रहरीसँग सहकार्य गरेजस्तै अख्तियारले पनि नागरिकसँग सहकार्य गर्न लागेको गैरे बताउँछन् ।
भ्रष्टाचार हुने जिल्लागत सूचीमा बाँके दोस्रो स्थानमा छ । बाँकेको हरेक क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छ । गाउँमा विकासको निम्ति गठित विकास योजनाको उपभोक्ता समितिदेखि जिल्लाको भाग्य र भविष्यको फैसला गर्ने सांसद र मन्त्री मात्रै नभई अहिलेका अधिकांश जनप्रतिनिधि
भ्रष्टाचारबाट अछुतो देखिदैनन् ।
बाँकेको खजुरा गाउँपालिका जहाँको एउटै वडाबाट अख्तियारमा १३ उजुरी परेका छन् । यसरी एउटै वडाका १३ वटा उजुरी दर्ता हुँदासमेत अख्तियारले उक्त वडा र गाउँपालिकामा आफ्नो कसिलो उपस्थिति देखाएको छैन । अख्तियार मौन छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा