नेपालगन्ज : राहत शिक्षक समिति नरैनापुर गाउँपालिका बाँकेले आफना माग पुरा नभए गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयको पठनपाठन अनिश्चित बन्द गर्ने चेतावनी दिएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाँदै समितिले यस्तो चेतावनी दिएको हो ।
समितिका अध्यक्ष शशीराम बुढाथोकी र सहसचिव शिवकुमार चौधरीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा माग पूरा नहुँदासम्म गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अनिश्चितकालिन शैक्षिक हड्ताल गर्ने उल्लेख गरिएको छ । ज्ञापनपत्रमा नजिकिँदै गरेको बार्षिक परिक्षा, कक्षा ८ को परिक्षा तथा एसईई परिक्षामा समेत असहयोग गर्ने उल्लेख गरिएको समितिका अध्यक्ष बुढाथोकीले बताए ।
राहत तथा बाल शिक्षा केन्द्रका शिक्षकहरुले बाँकेका सामुदायिक विद्यालय मंगलबार बन्द गराएका छन् । अस्थायी राहत शिक्षकहरुले केन्द्रिय कार्यक्रम अन्तर्गत् बाँकेका सामुदायिक विद्यालय पनि बन्द भएका हुन् । काठमाडौमा आफ्ना सहकर्मी माथि भएको प्रहरी दमनको विरोधमा मंगलबार बाँकेसहित देशभरका सामुदायिक विद्यालय बन्द गराईएका थिए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा सामूदायिक विद्यालयहरुको पठनपाठन बन्द गरिएको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा