दुईजना नगदसहित रंगेहात पक्राउ,यातायातको कागजपत्र नियन्त्रणमा
नेपालगन्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जले बाँकेका तीनवटा कार्यालयमा छापा मारेको छ । बिशेष सुराकीका आधारमा अख्तिायरबाट गएको टोलीले नेपालगन्ज भन्सार, आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँके र यातायात कार्यालयमा छापा मारेको अख्तिायर दुरूपयोग अनुसन्धान आयोग नेपालगन्ज् कार्यालयका प्रमुख गणेश गैरले जानकारी दिए ।
उनकाअनुसार भन्सार कार्यालयबाट एक जना कर्मचारी ५२ हजार नगद र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँके बाट एक जना कर्मचारी नगद ३५ हजारसहित रंगेहात पक्राउ परेका छन् । अख्तियारले यातायात कार्यालयमा छापा मारी त्यहाँबाट केही कागतजात नियन्त्रणमा लिएको प्रमुख गैरले बताए । पक्राउ परेका भन्सार, आयात निर्यात गणस्तर प्रमाणिकरण कार्यालय, बाँके एक–एक जना कर्मचारी अख्तियारको नियन्त्रणमा छन् ।
केही समयदेखि मौन बसेको अख्तियार मंगलबारको सद्भाव दैनिकमा ‘घुस खोरी अड्डामा अख्तियारका जासुस ’ शिर्षकमा समाचार आएको दिनै आर्थिक अनियमितता रोकथाममा सक्रिय देखिएको छ ।
बाँकेका सरकारी कार्यालयमा मात्रै नभई स्थानीय तहमा यतिबेला भ्रष्टाचारको जालो फैलिएको छ । अख्तियारले स्थानीय तहमा पनि छानबीन र अनुसन्धानको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको प्रमुख गैरले जानकारी दिए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा