शौचालयको उचित व्यवस्थापन हुन नसक्दा बाटोभरी छरपस्ट पिसाब । तस्बिर: रवि कनोजिया/सद्भाव
नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको धार्मिक पर्यटकिय क्षेत्र बागेश्वरी मन्दिर क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको छ । मन्दिरको मूल गेटमै दिशा पिसाबको खोलो बग्ने गरेको छ । यसको समाधानका लागि नेपालगन्ज उपमहानगरपालिका, मन्दिर व्यवस्थापन समिति र वडा नम्बर दुई समेत उदासीन रहेका छन् ।

बागेश्वरी टोलस्थित बागेश्वरी मन्दिर र राम जानकी मन्दिरको मूल गेटमै सडकमा दिशा पिसाबको खोलो बग्ने गरेको स्थलगत निरिक्षणको क्रममा भेटिएको छ । सयौं हिन्दु धर्मावलम्बिहरुको आश्थाको केन्द्र बिन्दु हिन्दू मन्दिरको मूल गेटमै यसरी बिष्टाको कुण्ड बन्नु र समाधान तर्फ कसैले चासो नदिनु दुर्भाग्य भएको स्थानीय ब्यूटि पार्लर संचालिका रीतु शाह बताउँछिन् ।
स्थानीय बागेश्वरी टोल बिकासमा बसोबास गर्ने शौच पीडितहरुले तुरुन्त शौचालय भत्काउनु पर्ने वा मर्मत सम्भार गर्नुपर्ने बताएका छन् ।
तत्कालिन नेपालगन्ज नगरपालिकाले निर्माण गरेको बिष्टा बिसर्जन केन्द्रको जिम्मेवारी नेपाल रेडक्रस नेपालगन्ज र बागेश्वरी टोल बिकास संस्थाले लिएको थियो ।
तर, उचित व्यवस्थापन हुन नसक्दा बाटोभरी पिसाबको खोलो बग्ने गरेको स्थानीय कन्हैलाल बैश्य बताउँछन् । बजारक्षेत्रको केन्द्रबिन्दुमा
यसरी दुर्गन्ध उत्सर्जन गर्ने मलमूत्र बिसर्जन गरिँदा इज्जत देखि संक्रामकरोगको समेत प्रकोप हुने प्रिति लखेरले बताउँछन् । हावा चल्दा सहनै नसक्नेगरी टोलभरी दुर्गन्ध फैलिने गरेको उनले बताईन् । पुजा सामग्रीका पसलदेखि खाजा नास्ताका समेत पसल रहेको क्षेत्रमा यस्तो हुनु र समस्या समाधानमा जनप्रतिनिधिहरुको चासो फिटिक्कै नदेखिनु दुर्भाग्य भएको राधाकृष्ण मन्दिरका पुजारी सुशिला पौडेलले बताउँछिन् ।
त्यसो त स्थानीयहरुले डेढमहिना अघिनै यसको सिकायत सम्बन्धित वडा कार्यालय र उपमहानगरपालिकाको कार्यालयमा दर्ता गरिएको छ । तर, सम्बन्धित निकायबाट कुनैपनि पहलकदमी नभएको स्थानीय काजल पौडेल बताउँछिन् । जनप्रतिनिधि भएको हैसियतले जनताको चाहना बमोजिम अगाडि बढ्ने वडा नं २ का वडाअध्यक्ष सुनिलसिंह हमाल बताउँछन् ।

तर, समस्या समाधानका लागि कुनै पहल गरेका छैनन् । यसअघि अध्यक्ष हमाले पाँच महिनाभित्र शौचालय बनाउँने प्रतिबद्धता जनाएका थिए । स्थानीयले भने ‘अहिले ११ महिना वित्दा पनि अझै शौचालय व्यवस्थापन र निर्माणमा वडाको कुनै चासो देखिदैन् ।’ उनकाअनुसार शौचालयको निर्माण र व्यवस्थापनका लागि टेण्डर आव्हानको प्रक्रिया अघि बढेको छ । वडाको बजेटबाट निर्माण गर्ने भनेर उपमहानगरपालिकाले ६ लाखको टेण्डर आव्हान गरेको र अबको केही महिनाभित्र यहाँको समस्या समाधान हुने उनले बताए ।
करिब डेढ महिना भित्र शौचलायको समस्याको समाधान हुने नेपालगन्ज उपमहानगरपालकाका मेयर धवल समशेर राणा बताउँछन् ।
स्मरणहोस् यसअघि पनि मेयर राणाले यस्तै प्रतिबद्धता जनाएका थिए । तर, उनको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा