आयोगको आधारपत्रमाथि छलफल सुरु


आयोगको आधारपत्रमाथि छलफल सुरु

नेपालगन्ज: राष्ट्रिय योजना आयोगकको १५ औं योजनाको आधार पत्रमाथि छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी तय गरेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रमाथि छलफल सुरु भएको हो ।

अर्थविद्, योजनाविद्हरु सम्मलित सो छलफलले राष्ट्रिय योजना आयोगको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा हुनेगरी तय गरिएको दीर्घकालीन सोँचसहितको १५ औं योजनाको आधार पत्रमाथिको छलफलले नेपालको उच्च आर्थिक वृद्धिदर हाँसिल गरी नेपाली जनताको समृद्धि, समुन्नति र सुःखको चाहनालाई पूरा गर्ने विश्वास लिइएकोछ ।

आधार पत्रमा संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि गरिएको छ ।
आयोगले तयार पारेको सो आधार पत्रमा ‘समृद्ध नेपाल र सुःखी नेपाली’को मार्गचित्र पनि प्रस्तुत गरिएको छ । १५ औं योजनाको ५ वर्ष भित्र समृद्धि र सुःखको सृजना, १० वर्ष भित्र समृद्धि र सुःखमा तीव्रता तथा अर्को १० वर्षमा समृद्धि र सुःखको दिगोपनाका विषयमा जोड दिने पनि आधार पत्रमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

सोही सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श सुरु गरिएको पनि योजना आयोगले जनाएको छ । आयोगले तयार पारेको आधार पत्रमा प्रादेशिक र स्थानीय अर्थतन्त्र, व्यवस्थित तथा आधुनिक सहरीकरण, गुणस्तरीय मानव पूँजी निर्माण र पूर्ण उपयोग, जलविद्युत उत्पादन तथा हरित अर्थतन्त्र, गुणस्तरीय पर्यटन सेवा र कृषि, वन र उद्योगको उत्पादनमा उच्च वृद्धि गर्ने लक्ष्य राखिएको छ । सो आधारपत्रमा मुलुकलाई समृद्ध बनाउने सम्बाहकको रुपमा रहेका कृषि, वन, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा विशेष जोड दिएर अघि बढने योजना पनि आधारमा पत्रमा उल्लेख गरिएको छ ।

आयोगले मुलुकलाई समृद्ध बनाउन प्राकृतिक स्रोतहरुको उचित उपयोग गर्ने तथा सामाजिक, सांस्कृतिक पूँजीहरुको परिचालनमा पनि जोड दिने प्रस्ताव पनि आधार पत्रमा समावेश गरेको छ ।