नेपालगन्ज : आज १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । ‘लैगिक समाताका लागि समान सोँच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूलनाराका साथ महिला दिवस मनाउन लागिएको हो ।
बाँकेको नेपालगन्जमा आज शुक्रबार विहान ८ बजे झाँकिसहितको विशाल -याली आयोजना गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकाको संयोजनमा सो ¥याली गरिन लागेको हो ।
विहान ७ः३० मा उपमहानगरपालिका परिसरमा भेलाभई विपिचोकबाट प्रभातफेरी निकालिनेछ । झाँकीसहितको -याली धम्बोझी चोक, सेतुविक चोक भएर न्यूरोड हुदै बागेश्वरी मन्दिर प्राङ्गणमा कोण सभामा परिणत हुनेछ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्सेर राणाको प्रमुख आतिथ्यतामा कोण सभा समापन गरिने नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी उपसचिव शोभा शाहले सद्भावलाई जानकारी दिइन् ।
उनले भनिन् विभिन्न सरकारी, गैरसरकारी, सामाजिक संघसस्था, विद्यार्थी, कर्मचारी लगायतको सहभागितामा सो -याली आयोजना गरिनेछ । यतिवेला सहभागिहरु जुट्नेक्रम जारी छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा