नेपालगन्ज:बाँकेको बैजनाथ गाउँपालिकामा निर्माण गर्न थालिएको क्षेत्रीय कारागार दुई बर्षदेखि वेवारिसे छ । नौबस्तामा निर्माणाधीन तीन हजार कैदीबन्दी क्षमताको क्षेत्रीय कारागारको दुई वर्षमा पाँच प्रतिशत मात्र काम भएको छ ।
१० बिगाह क्षेत्रफलमा साढे ३८ करोडको लागतमा कारागार निर्माणाधीन छ । निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माण कम्पनीले पाएको समय सकिदैछ । निमार्णले गति नलिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले बताएको छ ।
उक्त निर्माण कम्पनीले अहिलेसम्म सात करोड लिईसकेको छ । तर, काम अझै भएको छैन, इकाइ कार्यालयका आयोजना प्रमुख इन्जिनियर सुनिलकुमार ठाकुरले भने, ‘काम गर्न पटक–पटक ताकेता गर्दा पनि सफल हुन सकेका छैनौं ।’ तोकिएको समय बाँकी छ त्यसैले अहिले चुप छौं म्याद सकिने वितिकै कारवाही अघि बढाउँछौं उनले भने ‘समय रहेकाले अहिले नै कारबाही गर्न सकिदैन् ।’ यता सरकारले शुक्रबार मात्रै कोस्टल पप्पु जेभी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
नौबस्ताको कारागार, सिक्टा सिचाई लगायतका विभिन्न आयोजनामा सम्झौता अनुसार काम नगरेको भन्दै सरकारले उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले जनवरी यता मात्रै १३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । जसमा पप्पु पनि परेको छ । सम्झौता अनुसार काम नगर्ने र पटक/पटक म्याद थप गर्दा समेत काम सम्पन्न नगरेकोले उक्त कम्पनीलाई निश्चित सयमसम्म सार्वजनिक कार्यमा सहभागी हुन नपाउने गरी कालोसूची राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जानकारी दिएको छ ।
उचित कारागार नहुँदा बाँकेमा कारागारमा रहेका कैदीबन्दीले सास्ती पाउँदै आएका छन् । जीर्ण नेपालगन्ज कारागारमा क्षमताभन्दा चार गुण बढी कैदी बन्दी छनरु। यसले पनि नौबस्ताको कारागार तत्काल निर्माण गरिनुपर्ने आबश्यकता रहेको कारागारका कर्मचारी बताउँछन् । अहिले नेपालगन्ज कारागारमा कैदीबन्दी र थुनुवा गरी ६ सय ८० जना छन् । जुन क्षमताभन्दा दोब्बर बढी हो । जहाँ ५२ भारतीय र दुई बंगलादेशीसहित ५४ जना विदेशी नागरिक पनि छन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा