स्वतन्त्र मधेसको अन्तिम विदाई भयो: गृहमन्त्री थापा


स्वतन्त्र मधेसको अन्तिम विदाई भयो: गृहमन्त्री थापा

बुटवल:सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री रामबहादुर थापाले अन्तिम विदाईको कार्यक्रम भएको बताएकाछन् ।
प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन भैरहवा आएका गृहमन्त्री थापाले ‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ, त्यो अन्तिम विदाईको कार्यक्रम हो ।’

पत्रकाहरहरुसंग कुरा गर्दै थापाले भने–‘शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भयो ।’ जनमत संग्रहबारे पत्रकारले सोधेको प्रश्नमा बोल्दै गृहमन्त्री थापाले भने–‘मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै छैन । राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि त्यसका लागि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रावधानबारे प्रष्ट पारे ।
गृहमन्त्री बादलले विप्लव समूहलाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रह समेत उनले आग्रह गरे ।

Kanti Aarogya Hospital Nepalgunj

वार्तामा नआए शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘राज्यविरोधी, संविधान विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौती दिन खोजिएको छ तर त्यस्ता तत्वलाई नियन्त्रण र निस्तेज गर्ने प्रकृया अघि बढाइसकेको छौं ।’

फाल्गुन २६ र २७ गतेसम्म भएको सुरक्षा गोष्ठीमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री, प्रदेश ५ का प्रमुख सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता छ ।