तेस्रो बटालियनले मनायो रेजिमेनट डे


तेस्रो बटालियनले मनायो रेजिमेनट डे

नेपालगन्ज: एक्स आर्मी मेम्बर्स अफ फोर ग्रुप गोर्खा रेजिमेन्टको तेस्रो बटालियनले रेजिमेन्टल डे मनाएकोछ । नेपालगन्जमा सोमबार भेटघाट कार्यक्रमको आयोजना गर्दै बटालियनले रेजिमेन्ट डे मनाएको हो ।

७८ औं गोर्खा रेजिमेन्टको वार्षिक उत्सवका अवसरमा गोर्खा रेजिमेन्टको तेस्रो बटालियनका सुवेदार मेजर हनिरी क्याप्टेन कृष्ण बहादुर आले र नेपाल भूतपूर्व सैनिक समिति बाँकेका अध्यक्ष भीमबहादुर रानाले बटालियनका जेष्ठ सैनिक गोविन्दबहादुर थापालाई सम्मन गरेका हेनरी लेफ्टन प्रेमबहादुर घर्तीमगरले बताए । दोस्रो विश्व युद्धमा भारतमा रहेको गोर्खा रेजिमेन्टले बहादुरीको सम्मान पाएको दिन ११ मार्चलाई वार्षिक उत्सवका रुपमा मनाइदै आएकोछ ।