कालिकाको उदासीनताले बोर्ड अलपत्र


कालिकाको उदासीनताले बोर्ड अलपत्र

नेपालगन्ज : दश महिनाअघि सडक र नाला निर्माण गर्ने निहुँमा हटाईएको वसन्त मल्ल चौकको साईनबोर्ड वेवारिसे छ । कालिका निर्माण कम्पनीको उदासीनताका कारण उक्त बोर्ड अहिलेसम्म अलपत्र परेको हो ।

उपमहानगरमा आरयुडिपी आयोजना अन्र्तगत सडक र नाला निर्माणका क्रममा ठेकेदारले उपमहानगरपालिकासँग समन्वय नै नगरेर काम गरेको छ । ठेकेदारले विभिन्न स्थानमा आफूखुसी सडक नाला खन्ने काम गरिरहेको स्थानीयबासी बताउँछन् ।

ठेकेदाले १० महिनाअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित वसन्त मल्ल चोकको बोर्ड उखेलर फ्याकेको थियो । साविक पुरैना गाविस वडा नम्बर–२, निवासी स्वर्गीय वसन्त मल्लको २०६६ भाद्र २२ गते भूमिगत (तराई जनतान्त्रिक ज्वाला)समूहले अपहरण गरि हत्या गरेपछि उनको सम्मान स्वरूप गाविसको निर्णय अनुसार उक्त स्थानलाई चोकमा नामाकरण गरि बोर्ड राखिएको थियो ।

स्थानीयका अनुसार सडकको नाला खन्ने निहुँमा स्थानीय बासिन्दालाई सोधपुछ नगरि जबरजस्ती स्काभेटर लगाएर चोकको बोड फ्याकेको थियो । स्वर्गीय मल्लका आमा धनसरा मल्लका अनुसार ठेकेदारद्वारा गरिएको यस्तो कार्यले छोरामाथि अपमान भएको छ । उनले भनिन् –‘सडक तथा नाला निर्माणका क्रममा आफूखुसि नाला खनि बोर्ड हटाउन’ गैरजिम्मेवारी तथा स्वर्गीय वसन्त मल्लप्रति अपमान हो, बोर्डले कसको के विगारेको थियो त्यसरी उखेलेर फ्याँक्ने ?’

ठेकेदार कालिका कन्स्ट्रक्सनले स्काभेटर लगाएर निकाले उक्त बोर्ड भाँचिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा फ्याकेको सो बोर्ड कालिकाले सो स्थानबाट लिएर गएकोछ । ठेकेदारको यस किसिमको कार्यप्रति स्थानीयबासी रूष्ट छन् । यसअघि उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले वडा नम्बर २१, स्थित वसन्त मल्ल चोकको बोर्ड ठेकेदारले उखेलेर फालेको विषयमा जाँचबुझ गर्ने बताएकी थिईन् । तर, अहिले दश महिना वित्दा समेत कसैले केही जाँचबुझ गरेको देखिदैन् ।

ठेकेदार कालिका कन्स्ट्रक्सनले वसन्त मल्ल चोकको बोर्ड उखेल्ने विषयमा आधिकारिक अनुमति नलिएको वडा सचिव चित्रा कुमारी पुनले बताईन् । वडा सचिव पुनका अनुसार बोर्ड उखेल्नुपूर्व वडासँग समन्वय गर्नुपर्ने थियो त्यसो गरिएन । बोर्ड उखेलेर फ्याँकेपछि ठेकेदार कालिका कन्स्ट्रक्सनका साईड इन्चार्ज सुरेश पाण्डेले बोर्ड उखेल्ने विषयमा उपमहानगरपालिकासँग अनुमति नलिएको स्वीकारेका थिए । उनीसंग पटक–पटक सम्र्पक गरि बोर्ड पुर्नस्थापना कहिले गर्ने भन्ने विषयमा बुझ्दा आलटाल गर्ने गरेका छन् ।

यतिखेर बोर्ड विना वसन्त मल्ल चोक कुरुप देखिएकोछ । चोरको शैलीमा उखलेर फ्याकेको उक्त बोर्ड कालिकाले लिएर गयो । अहिले सम्म बोर्ड जडान गरेकोछैन स्थानीयले बताए ।