हेटौंडा । भक्तपुरदेखि जन्ती बोकेर हेटौंडा जादै गरेको बस दुर्घटनामा परेको छ । मकवानपुरको कान्तिलोक मार्ग अन्र्तगत गढी गाँउपालिका–२, चैनपुरको डाँडामा जन्तीबस दुर्घटना भएको हो ।
जन्ती बस दुर्घटना हुँदा घटना स्थलमै २ जनाले ज्यान गुमाएका छन् । जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । भने थप दुर्घटनामा १७ जना घाइते भएका छन् ।
जन्ती बस दुर्घटनामा परेका १७ जना मध्ये ५ जनाको अवस्था गम्भीर छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको थियो ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ । हाल उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ । थप विवरण आउन बाँकी छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश