अमेरिका : अमेरिकाको न्यूयोर्क राज्य सरकारले ज्याक्सन हाइट बाटोलाई ‘माउन्ट एभरेष्ट वे’ नामाकरण गरेकोछ । नेपालीको बाक्लो बस्ती रहेको सो क्षेत्रको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्यूसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामांकरण गरेको हो ।
शनिबार एक कार्यक्रमको आयोजना गरी अमेरिकाको न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुईन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेष्ट वे’ नामांकरण गरेको छ । काउन्सिल म्यान कोष्टा कोन्स्टटिनिडेजले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका, न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीलाई माउन्ट एभरेष्ट वे लेखिएको सडक चिन्हको बोर्ड हस्तान्तरण गरेका थिए ।
च्याप्टर अध्यक्ष अधिकारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न गर्नका लागि एक कार्यसमिति समेत बनाइएको थियो । नेपाल सरकारका बाणिज्य दूतावास र सिटी काउन्सीलको संयुक्त आयोजनामा भएको माउन्ट एभरेष्ट वे घोषणा तथा स्ट्रिट फेस्टिभल कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्की, बाणिज्य दुतावास न्यूयोर्कका कार्यवहाक महाबाणिज्यदूत पुष्प भट्टराई, बाणिज्य दूत कृसु क्षेत्री, अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल लगायत न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल र नेपालीको सम्मानका लागि राज्य सरकारले गरेको सकारात्मक निर्णयको यतिखेर चौतर्फी स्वागत गरिएकोछ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा