काठमाडौं :नेपाल प्रहरीले तयार पारेको संघीय प्रहरी ऐन मस्यौदाका आधारमा अब नेपाल प्रहरीको सेवा अवधि घट्ने भएकोछ । नेपाल प्रहरीमा कायम रहेको ३० बर्षे सेवा अवधि हटाउने तयारीमा लागेको नेपाल प्रहरीले यस विषयमा बृहत छलफल यस अघि चलाएको थियो ।
नेपाल प्रहरीले तयार पारेको संघीय प्रहरी ऐन मस्यौदामा उक्त प्रावधान हटाएर प्रमुखको कार्यकाल र उमेरलाई आधार मानिएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरी संसदबाट अनुमोदन हुनासाथ सो व्यवस्था लागू हुनेछ । मस्यौदामा प्रहरी महानिरिक्षक (आइजी)को उमेर ५८ र कार्यकाल तीन वर्ष, प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी)को ५७ र २ वर्ष, प्रहरी नायव महानिरिक्षक (डिआइजी)को ५६ र ४ वा ५ वर्ष हुने व्यवस्था सहितको सो मस्यौदामा प्रस्तावत अघि सारिएकोछ ।
यो व्यवस्था अनुमोदन भएको खण्डमा हालका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पदावधि एक वर्ष बढ्ने छ, भने आगामी वर्ष तीन एआइजीहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्नेत हासीहासी घर जानुपर्ने हुन्छ ।
यस्तै, मस्यौदामा तीन एआइजी र दुई डिआइजीको पनि प्रस्ताव गरिएको छ । यस प्रस्तावका आधारमा हालका डिआइजीहरू शुरेशविक्रम शाह, मनोज न्यौपाने र केदार रिजाल एआइजी हुनेछन् । तर, यी मध्ये रिजाल ज्येष्ठ रहेका कारण खनाल पछिको आइजीका स्वतः दाबेदार हुनेछन् । उता, प्रस्तावित दुई डिआइजीका लागि भने धेरैको स्पर्धा हुने छाँट देखिन्छ ।
एसएसपीहरू, वीरेन्द्र श्रेष्ठ, घनश्याम अर्याल, गणेश ऐर, पुुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, विश्वराज पोखरेल, उत्तम सुवेदी, वसन्त लामा लगायतको प्रतिस्पर्धा चुलिनेछ । प्रस्तावित ऐन अनुमोदन भए हाल प्रहरीमा देखिँदै आएको रिक्तता र तिक्ततामा पनि कायम नहुने देखिन्छ । हाल कायम रहेको ३० वर्षे सेवा अवधिका कारणले प्रहरीभित्र राजनीतिक खिचातानी व्याप्त छ ।
वरिष्ठ र कनिष्ठले जकडिएको नेपाल प्रहरीलाई यो मस्यौदाले उन्मुक्ति दिने आशा गरिएकोछ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा