नेपालगन्ज : खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकवीर सुनार निकटका एक व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन् ।
वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ती व्यक्तिले वडाध्यक्ष सुनारको आडमा सामाजिक सञ्जालमा यस्तो धम्की दिएका हुन् । फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका अपरिचित व्यक्तिले मुखमा समातेर ब्लेडले काटेर रगत निकालिदिने धम्कीसमेत दिएका छन् । उनले तिलकवीर सुनारको प्रतिक्रियामा जवाफ दिँदै लेखेका छन्, ‘दाजु भन्नु मात्र अन्धो भएर समाचार प्रकाशन गर्ने को हो ? लेख्नेको हातको औला काटेर कुकुरलाई खुलाइदिन्छु । त्यस्तालाई मुखमा समातेर ब्लेडले काटेर रगत निकाल्न मन छ । त्यस्ता खातेहरूलाई ठाडो चुनौती छ ।’
उनको यो प्रतिक्रियाले वडाध्यक्ष सुनारको सहायतामा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्ति अपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको आशंका गर्न सकिन्छ । ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले वडाध्यक्षको इसारामा कुनै पनि पत्रकारमाथि आक्रमण गर्न सक्ने सामाजिक सञ्जालमा आएको यो प्रतिक्रियाले थप आशंका बढाएको छ ।
स्थानीय तहले आम नागरिकका लागि पायक पर्ने स्थानमा केन्द्र नराखेर आफ्नो घर नजिकै वडापालिकाको केन्द्र राखेका सुनारले आईतबारमात्रै सोही वडाको ईगाउँबाट शमसानघाट ब्यवस्थापन समिति दर्ताका लागि सिफारिस लिन पुगेका समितिका अध्यक्ष उज्जवल विसीलाई गाउँपालिकाको केन्द्रबाट सिफारिस लिनुहोस्, मैले सिफारिस दिन्न भन्दै फिर्ता पठाएका थिए ।
अध्यक्ष सुनारले वडापालिकाबाट दिने सेवा समयमै नदिएर सेवाग्राहीलाई दुःख दिएको वडाका नागकिरले यसअघि बताएका थिए । उक्त समाचार नेपालगन्जबाट प्रकाशित विभिन्न अनलाईन तथा दैनिक पत्रिकाले प्रकाशन गरेका थिए । यसअघि पनि अध्यक्ष सुनारले वडाको विकासको नाममा गैरकानूनी रूमपा रोलर खरिद गरेको र गाउँपालिका हाताभित्र आफूखुशी राखेपछि उनी एकदमै विवादमा आएका थिए । दादागिरी शैलीमा अघि बढिरहेका अध्यक्ष सुनारले पछिल्लो पटक पत्रकारहरूलाई समाचार नलेखि आफ्नो काबुमा ल्याउन धम्कीशैली अपनाउँदै दोस्रो व्यक्ति प्रयोग गरेका छन् ।
अध्यक्ष सुनारले वडापालिका कार्यालय आफ्नै घर नजिक राखेपछि अहिले उक्त वडाका नागरिक आक्रोशित बनेका छन् । वडा कार्यालय आफ्नै घर नजिक राखेर वडाअध्यक्षले मस्ती गरेका छन् एक स्थानीयले भने ‘गाउँलेलाई भने सास्ती छ ।’ अध्यक्ष सुनार दादागिरी शैलीमा अघि बढिरहेका छन् उनले भने ‘बेकारमा मत दिएर अहिले पछुतो मात्रै भएको छ । अध्यक्ष नीतिगत सेवा प्रवाहमा समेत विभेदकारी देखिएका छन् ।’
जनप्रतिनिधीकै आडमा यसरी धम्की आएपछि नेपालगन्जका क्रियाशिल पत्रकारले उक्त धम्कीप्रति आपत्ति जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेल समक्ष पत्रकारहरू जनप्रतिनिधीबाटै असुरक्षित हुँदै गएको जानकारी गराएका छन् ।
थप समाचार पढ्नुस्:
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा