नेपालगन्ज : नेपालगन्जमा एक दशकदेखि क्रियाशिल साहित्यिक संस्था मध्यपश्चिम स्रष्टा समाजको नयाँ कार्यसमिती चयन गरिएको छ ।
नेपालगन्जमा शनिबार सम्पन्न चौथो साधारण सभाले शुक्रऋिषि चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यसमितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोद प्रसाद देवकोटा, प्रकाश भाट र अश्मिता शाह महत्रा चयन भएका छन् ।
संस्थाको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदहरुको बाँडफाँड कार्यसमितिको पहिलो बैठकले गर्ने संस्थाका निवर्तमान अध्यक्ष सृजन लम्सालले जानकारी दिए ।
२०६४ सालमा स्थापना भएको समाजको हालसम्मको कार्यकाल लम्सालले नै सम्हाल्दै आएका थिए । संस्थालाई गतिशीलता प्रदान गर्न चौथो साधारण सभाबाट नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरिएको लम्सालले बताए । नवनिर्वाचित अध्यक्ष चौलागाईंले संस्थाको हालसम्मको गरिमा बचाउँदै समानुकुल संस्थालाई गतिशीलता प्रदान गर्न कटिबद्ध रहेको बताएका छन् ।
वरिष्ठ साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष लम्सालले संस्थाले हालसम्म गरेका कामहरुको बारेमा र सचिव अमृत शर्मा ढकालले आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले एक दशकको अवधिमा स्तरीय कृति प्रकाशनका साथै गुणस्तरीय र प्रभावकारी साहित्यिक कार्यक्रमहरु गरेको कार्यक्रममा जानकारी दिइयो थियो ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै