खजुरामा अख्तियार, जनप्रतिनिधीको निदहराम


खजुरामा अख्तियार, जनप्रतिनिधीको निदहराम

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणका लागि स्थानीय तहमा पनि सक्रियता बढाएको छ । जसअनुसार अख्तिायरले मंगलबार बाँकेको खजुरा गाउँपालिकामा भए गरेका विकास निर्माण देखि पर्वाधारका कामको निगरानी गरेको छ ।

आधारभूत स्तरमा नै अनियमितता व्याप्त रहेको भन्दै अख्तियारले स्थानीय तहलाई पनि कार्यक्षेत्र बनाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेले बताए ।

अख्तियारले मंगलबार उक्त गाउँपालिकामा गई पालिकामा रहेका वडाहरूले पुर्वाधार विकासमा गरेको खर्च लगायतको आर्थिक अवस्थाका बारे कागतजात हेरेको अख्तियार नेपालगन्जका प्रमुख गैरले जानकारी दिए ।

अख्तियारले एक्कासी अनुसन्धान र जाँचबुझका लागि कागजपत्र लगेपछि खजुरा गाउँपालिकाका जनप्रतिनिधीको निदहराम भएको छ । यसअघि गाउँपालिकाको वडा चारले रोलर खरिद गरेको बिषयमा पनि वडाका अध्यक्ष तिलकवीर सुनार विवादीत भएका थिए । अख्तियार प्रमुख गैरका अनुसार उक्त गाउँपालिकाको वडा नं चारलाई बिशेष गरी निगरानी गरिएको छ । खास गरेर स्थानीय तहले सञ्चालन गर्ने विकास निर्माणदेखि प्रशासनिक काममा निगरानी बढाएको उनी बताउँछन् ।

स्थानीय तहहरुमा भ्रष्टाचार र अनियमिमता बढेको चर्चासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान पनि अब स्थानीय तहमै केन्द्रित हुने प्रमुख गैरले बताउँछन् । तहमा ठूलो वजेट जाने, आर्थिक क्रियाकलाप पनि बढी मात्रामा हुने र अनियमितताको उजुरी पनि धेरै आउन थालेकाले अबको ध्यान त्यही हुने अख्तियारले बताएको छ ।

खजुरा गाउँपालिकाममा जनप्रतिनिधि विरुद्ध उजुरी समेत बढेकाले यस तहलाई बढी निगरानीमा राखिएको गैरले बताए । खजुरा गाउँपालिकाका विभिन्न वडामा आथिृक चलखेलका २३ उजुरी यसअघि नै अख्तियारमा दर्ता भईसकेका छन् ।