नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा मोटरसाईकलले ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएकाछन् ।
फुल्टेक्रा–रामनगर सडकखण्डमा आज विहान करिब साढे ९ बजे मोटरसाईलले साईकल यात्रीलाई ठक्कर दिएकोहो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, वसन्तपुरका युवा शिवम धनकुट्टालाई मोटरसाईकलले ठक्कर दिदाँ गम्भीर घाईते भएका हुन् ।
दुर्घटना भएलगत्तै घाईते शिवमलाई उपचारका लागि भेरी अस्पतालमा लगिएको उनको परिवार सदस्यले बताएकाछन् । मोटरसाईकलको ठक्करले घाईते शिवमको बायाँ खुट्टाको जाँघ पूर्णरुपले भाँचिएको छ ।
उनको भेरी अस्पतालमा उपचार हुननसक्दा थप उपचारका लागि नेपालगन्ज स्थित वेष्टर्न हस्पिटलमा लगिएको घाईते शिवमका मामा राजेश धनकुट्टाले सद्भावलाई जानकारी गराए । दुर्घटनामा घाइते भएका शिवमको अवस्था अहिले खतरामुक्त छ, राजेशले भने बायाँ खुट्टाको जाँघ भाँचिएर दुईटुक्रा भएकोछ ।
घटनालगत्तै मोटरसाईकल चालक फरार भए । उनको मोटरसाईकल नम्बर र चालकलाई प्रहरीले अझै पक्राउ गर्न सकेकोछैन । वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले सद्भावसंग कुरा गर्दै भने मोटरसाईकल चालकको पहिचान भइसकेकोछ, उनी हाम्रो सम्र्पकमा आउने मोटरसाईकल चालकका आफन्तले बताएको उनले जानकारी दिए ।
घाईते शिवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित महाराजा माध्यमिक विद्यालय कक्षा दशमा अध्ययनरत विद्यार्थी हुन् । आगामी चैत्र १० गतेबाट उनले सीइइ परीक्षा दिनेछन् । तर खुट्टा नै भाँचिएको अवस्थामा उनको अपरेशन गर्नुपर्ने चिकित्सकले बताएपछि परीक्षामा सम्मलित हुननसक्ने कुराले यतिखेर पिरोलेको उनको परिवारले जनाए ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश