‘नेपाल–भारतको हैसियत समान देशको हो’ प्रधानमन्त्री ओली

नेपाली आकाश र जमिन कसैले प्रयोग गर्न पाउँदैन


‘नेपाल–भारतको हैसियत समान देशको हो’ प्रधानमन्त्री ओली

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत समान हैसियतको देश भएको भन्दै ‘बडा र छोटा’ भाइको नाताको रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् ।
भारतीय टेलिजिन जी न्यूजका सुधिर चौधरीलाई दिएको अन्तरवार्ताका क्रममा ओलीले दुवै मुलुक सार्वभौम रहेको बताएका छन् ।

ओलीले भनेका छन्, ‘भुगोल र जनसंख्यामा ठूलो र सानो हुनसक्छ । तर, हामी सदैव सार्वभौम समानताको कुरा गर्छौ । अर्थात हामी साना ठूला होइनौं । आकारमा सानो ठूलो हुन सक्ला । तर, राष्ट्रका रुपमा सानो ठूलो हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले वर्तमान समय औपनिवेशिक युग नभएको बताउँदै स्वाधिनता र पारस्परिक सम्मानको युगसमेत रहेको बताए । दुवै देशले एकअर्काको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘हामी चाहन्छौं हामी दुई सार्वभौमसत्ता सम्पन्न देश, दुई छिमेकी देश, जो एक क्षेत्रमा रहन्छन् । हाम्रो सम्बन्धलाई त्यही अनुरुप बुझ्नपर्यो । यो पुरानो जमाना होइन । यो औपेनिवेशिक युग होइन ।’

अन्तरवार्ताका क्रममा ओलीले नेपालले चीन र भारत दुवैलाई समान दृष्टिबाट हेरिरहेको बताएका थिए । उनले चीन र भारतबीच रहेको दूरी हटाउन नेपालले मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने र त्यसका लागि तयार रहेको पनि बताएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘बहसबाट सत्यता बाहिर आउँछ । हाम्रो परम्परा छ जब विश्व अन्धारकारमा थियो । तब त्रेतायुगमा जनकपुरमा यज्ञबल्क, गार्गी, अष्टबल्भ लगायत धेरै ऋषी, विदूषीले शास्त्र, दर्शन, जिवनजगतका बारेमा बहस गर्दथे । दर्शन नेपालबाट सुरुवात भएको हो । यूरोपियन मुलुक लगायतकाले दर्शन र विज्ञान अरस्तुबाट मान्छन् तर, त्यो गलत हो । अरस्तुभन्दा १५ सय वर्ष अघि दर्शनका बारेमा नेपालमा विचार विर्मश हुने गर्दथ्यो ।’

भारतलाई बोस मान्ने कुरा नेपालले इन्कार गरिरहेको छ भन्ने प्रश्नमा केपी ओलीले ‘भारतले त्यस्तो सोँच्दछ तर, नेपाल सोँच्दैन । पदिय जिम्मेवारी र दायित्वका हिसाबले मोदी र मेरो हैसियत बराबर हो ।’

नेपाल भारत र चीनको बिचमा फसेको छ । दुवै देशसंग साथ रहन्छ भन्ने लाग्छ यस्तोबेला अप्ठेरो हुदैन ? भन्ने सुधिर चौधरीले सोधेको प्रश्नमा प्रधानमन्त्री ओली भन्छन् –‘छिमेकीलाई परिर्वतन गर्न सकिदैन । भौगोलिक, जनसंख्यामा ठूलो हुदैँमा केही हुदैन । ब्यापार, उत्पादन लगायतका कुरामा असमानता छ । तर, नेपाल दुवै देशसंग सन्तुलित सम्बन्ध राख्न चाहान्छ र राखिरहेकोछ । याद राख्नुहोस् कार्ड प्ले गर्ने र छक्काउने कार्य नेपालले गर्दैन त्यसो कसैले गर्छ भने सवैलाई थाहा भइहाल्छ ।’

भारत र चीनबीचको तनाव भइरहदाँ नेपालले नयाँ नक्शा सार्वजनिक गर्यो यस्तो अवस्थामा भारतको साहयता गर्नुपर्ने थियो त्यसो गरेन नेपालले । ‘भारत–चीनबीचको सम्बन्धमा नेपालको लेनादेना छैन । भारतले काश्मिरसम्मको नक्शा जारी गरेको भए केही हुदैनथ्यो तर, भारतले नेपालको क्षेत्र अधिकरण गर्दै नक्शा जारी गर्यो त्यो गलत थियो । यसमा दुख मान्नुपर्ने केही छैन । हामीले भारतले नक्शा सार्वजनिक गर्दा कुटनितिज्ञरुपमा पहल गर्योँ । तर, केही मतलब गरिएन । नेपालको क्षेत्रमा बाटो निमार्णको उद्घाटन गर्यो भारतले । हामीले फेरी वार्ता गर्न पहल गर्यौं भारतले ईन्कार गर्यो ।’

कसैको पक्ष लिने वा नलिने नेपालको राजनीति छैन । हाम्रो नीति तटस्थताको नीति हो । दुवै देशविच वार्ताको मध्यस्तकर्ताको भूमिका खेल्न सक्छु । हाम्रा लागि दुवै देश छिमेकी राष्ट्र हुन् ।

आगामी वैशाखमा हुने चुनावपछि नेपाल– भारतबीचको सम्बन्ध के होला तपाई नै नेतृत्वमा नभए ?

आगामी निर्वाचनमा हाम्रो पार्टीले बहुमत ल्याँउछ । चुनावपछिको नेतृत्व मैले नै गर्छु । निर्वाचनपछि नेपाल–भारतबीचको सम्बन्ध थप उचाईमा जानेछ । ‘हामी दुवै छिमेकी राष्ट्रबीच समस्या रहित सम्बन्ध चाहान्छौं । तपाईलाई भनौं दुई हात्ति लड्दा मैदानको नोक्सान हुन्छ । मिलेभने पनि मैदानको नोक्सान हुन्छ । त्यसैले म चाहान्छु अब एशियाको युग हो । आफ्नो विकास आफै गर्ने बेला आएकोछ । हिजोको युग अरुको प्रविधि, जनशक्ति प्रयोग गरिन्थ्यो । अब तनावरहित वातावरण र शान्तिपूर्ण रुपमा अघि बढेमा देशभित्र होस् वा छिमेकी देशमा विकासको गति लिनसकिन्छ ।

अन्तरवार्तका क्रममा प्रधानमन्त्री ओलीले भन्छन्–‘भरोसायोग्य मित्र बन्नुपर्छ । विश्वासको वातावरण बन्नुपर्छ । वर्तमानमा हाम्रो पक्षमा नेपाल बोलेन भन्दै नराम्रो लाग्ला तर, दीर्घकालिन रुपमा त्यो फाईदाजनक हुन्छ । नेपालले आफ्नो जमिन र आकाश कसैका लागि प्रयोग गर्न दिदैन । ओलीले समस्याको समाधान वार्ताबाट हुने र त्यसका लागि काम भइरहेको उल्लेख गरेका छन् ।

‘विज्ञान र प्रविधिको विकास हुनु भनेकै हाम्रा विरुद्ध बनेको हो । एशियाको विरुद्ध बनेको हो । हिमालदेखि हिन्दमहासागरसम्म के कमी थियो र भारत गरीब भयो ? प्रतिप्रश्न गर्दै प्रधानमन्त्रीले ओलीले भने–‘हामी कहिल्यै उपनिवेस बनेनौं । तर, गरीब बन्यौं । अब त्यो जमाना गयो । सत्यता र तथ्यका आधारित फिलिङ् आउनुपर्छ । त्यो नै सत्य हुन्छ ।’

संसद विघटनपछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री ओलीले भारतीय मिडियालाई दिएको अन्तरवार्ताले यतिबेला चौतर्फी चर्चा कमाइरहेकोछ । प्रधानमन्त्री ओलीको गहन, तार्किक र सत्यतापूर्णको यो अन्र्तवार्ताले नेपाली राजनीतिमात्र नभइ अन्तराष्ट्रिय जगतमा विशेष महत्वका साथ हेरिएकोछ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको पक्षमा यतिबेला सकारात्मक टिकाटिप्पणी भइरहेकोछ । प्रधानमन्त्रीले दिएको अन्तरवार्ता यतिबेलो ट्रेडिङ्गमा रहेकोछ ।