नेपालगन्ज : समाजमा शान्तिसुरक्षा कामय राख्ने प्रहरी प्रशासन नै आफैँ असुरक्षित बनेको छ । बाँकेका अधिकांश प्रहरी चौकी जीर्ण छन् । कतिपयको आफ्नै भवन छैन् । भएका कतिपय ठाउँमा स्रोत साधनको अभाव छ ।
कतिपय स्थायी चौकी समेत भाडाको र जीर्ण भवनमा बस्न बाध्य छन् । यसले दरबन्दी अनुसारका प्रहरीलाई सुत्नै समस्या हुँदै आएको छ । कतिपय चौकीमा त प्रशासनिक कार्यालय र कर्मचारी सुत्ने ठाउँ एउटै छ । एउटै कोठाको भरमा प्रहरी चौकी चलाउनु पर्दा कतिपय चौकीमा व्यवस्थापन गतिलो हुन सकेको छैन् ।
ग्रामीण तहका मात्रै नभई सहरकै प्रहरी चौकी भाडाको घरमा सञ्चालनमा छन् । प्रहरी कार्यालयका अनुसार बाँकेमा रहेका ४४ ओटा प्रहरीचौकी
छन् । जसमा वडा प्रहरी नेपालगन्ज, राधापुर, कोहलपुर, जमुनाह लगायतका केही प्रहरीचौकी पक्की तथा सुरक्षित रहेपनि अधिकाशं चौकी
असुरक्षित र आफ्नै स्वमात्विका भवन विहीन छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलका अनुसार दुईवटा भवन भाडामा छन् । अरू भवनहरू सरकारी तथा गैरसरकारी संस्थाका भवनमा छन् । यद्दपी यी भवनमा प्रहरीको आफनै स्वामित्व भने छैन् । भाडाको भवन पनि जीर्ण हुँदा सेवा प्रवाह गर्न निकै समस्या हुने गरेको गनापुर प्रहरी चौकीका इन्चार्ज भीम खड्का बताउँछन् । अकैको भवन त्यो पनि जीर्ण भएकोले कामकाजमा एकदमै समसया भईरहेको उनले बताए ।
प्रहरीसँग आफ्नो भवन नहुँदा पक्राउ परेका अभियुक्तलाई आफूसँगै सुताउनु पर्ने बाध्यता रहेको एक चौकी इञ्चार्जले गुनासो गरेका छन् ।
कुनै व्यक्तिलाई हिरासतमा राख्दा समेत आफैँसँगै राख्नुपर्ने बाध्यता छ’ उनले भने, ‘दुर्गममा प्रहरी संख्या कम हुन्छ, त्यसैमाथि पक्राउ परेका अभियुक्तलाई आफैँसँग राख्नु पर्दा असुरक्षित महसुस हुने गरेको छ ।’
सदरमुकामसँगै जोडिएको गनापुर चौकी समेत अस्तव्यस्त छ । तर, राधापुर, लगायत दुर्गमका केही प्रहरी चौकी भने अत्याधुनिक छन् । तर, त्यस्ता सुविधा सम्पन्न भवन दरबन्दी अनुसारका प्रहरी अभावमा पुरै प्रयोग हुन सकेका छैनन् । ‘कतिपय ठाउँमा प्रहरी चौकीको नाममा जमीन भए पनि भवन निर्माण भएको छैन । धेरै ठाउँमा जमीन र भवन दुवै छैन । भवनको अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको छ । कतिपय चौकीका भाडका भवन समेत वर्षायाममा पानी चुहिएर भित्ताहरु लड्ने अवस्थामा पुगेका छन् । बाँकेका कतिपय प्रहरी चौकी भवनहरु दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन नेकपा माओवादीबाट ध्वस्त पारिएका थिए । यहाँका कतिपय प्रहरी चौकीमा भवन अभावका साथै खानेपानीको समेत सहज नहुँदा झनै समस्या हुनेको गरेको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा