सेनाले डिस्पोज गरेको बम पड्किएपछिको दृष्य । तस्विर : सद्भाव
नेपालगन्ज: राँझामा रहेको नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले बम डिस्पोज गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा चोकमा बेवारीसे अवस्थामा भेटिएको बम डिस्पोज गरेको हो ।

नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा चोक नजिक ट्राफिक चेकिङ्ग हुने स्थानमा सो बम राखिएको थियो । बुधबार राती अज्ञात समूहले बम राखिएको खबर सगैं सो क्षेत्र त्रसित भएको थियो । बम राखेको खबर पाए लगत्त नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सो क्षेत्रमा पुगेको थियो ।
सुरक्षा सर्तकता अपनाउदै सडकमा भेटिएको बम सडकदेखि करिब पाँच सय मिटर पश्चिम खुल्ला खेतमा लगरेर डिस्पोज गरिएको हो । नेपाली सेनाको बम डिस्पोजल टिमले आज विहान करिब पौने दशमा बम डिस्पोज गरेको थियो । बम डिस्पोज भएपछि निस्कको आवज पुष्पलाल चोकसम्म सुनिएको थियो । नेपाली सेनाका उपसेनानी मोहन ओलीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर बम डिस्पोज गरेको हो । शक्तिशाली बकेट बम भएको बम डिस्पोजल टिमका उपसेनानी ओलीले बताए ।

यसैबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभिन्न स्थानमा बम फेला परेका छन् । प्रहरीका अनुसार पोखराका दुई स्थानमा फेला परेको बम नेपाली सेनाले यसअघि निस्कृय पापरिसकेकोछ । पोखराको सभागृह चोक र पोखराकै लेखनाथ भण्डारी रंगशाला नजिकै भेटिएको सकेट बम सेनाले निस्कृय पारेको छ ।
यस्तै, गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले निस्कृय पारेको गोरखा प्रहरीले जनाएको छ । उता, हेटौडाको औद्योगिक क्षेत्रको मूलगेटमा शंकास्पद वस्तु फेला परेको छ । ३ नम्बर प्रदेश प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार त्यो शंकास्पद वस्तु डिस्पोज गर्न सेनालाई खबर गरिएको छ ।