नेपालगन्ज : बाँकेको खजुरामा अझै पनि ६ हजार एक सय ५१ बढी नागरिक निरक्षर रहेको एक तथ्याकंले देखाएको छ । खजुरा गाउँपालिकाले शुरू गरेको पालिका साक्षर अभियानका क्रममा संकलित तथ्याकंअनुसार यतिको निरक्षर संख्या भेटिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
उनकाअनुसार चैत्र महिनाभित्र गाउँपालिकामा रहेका सबै नागरिकलाई साक्षर बनाउँने उद्देश्यअनुरूप पालिकाले साक्षर अभियान शुरू गरिसकेको छ । अहिलेसम्म पालिका अन्तर्गतका एक वडा साक्षर घोषणा भईसकेको छ । दुई, तीन र चार वडा साक्षरका लागि अन्तिम तयारीमा छन् ।
अध्यक्ष कक्षपतिकाअनुसार वडा नम्बर तीनमा दुई सय ५४ वडा नम्बर चारमा एक सय ८५, पाँचमा एक हजार आठ सय नौ, ६ मा एक हजार एक सय ८१, सातमा एक हजार ६ सय ६४, आठमा एक हजार ५८ जना अझै निरक्षर रहेका छन् । गाउँपालिकालाई साक्षर बनाउँनका लागि गाउँपालिकाले पाँच लाख विनियोजन गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । उनकाअनुसार प्रदेश सरकारसँग पनि बजेट माग गरिएको छ । प्रदेशले दुई -तीन लाख जति देला । उनकाअनुसार खजुरा गाउँपालिकामा पछिल्लो तथ्याकं हेर्दा ६१ हजार जनसंख्या रहेको छ ।
पालिका निरक्षर जनतालाई शिक्षाको पहुँच तथा विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा ल्याउने कार्यक्रमले निरन्तरता पाउनुपर्ने अध्यक्ष कक्षपतिका भनाई छ । नेपालमा १५ देखि ६० वर्ष उमेर समूहका ८० प्रतिशत साक्षर रहेको तथ्यांक छ । ०६५ देखि राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो ।
शुरूदेखि अहिलेसम्म साक्षर अभियानकै नाममा बाँकेमा मात्रै करोडौं रकम खर्च भईसकेको छ । जिल्ला वा गाउँपालिका तहमा १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भएमा पूर्ण साक्षर जिल्ला÷पालिका÷वडा घोषणा गर्न सक्ने व्यवस्था छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा