नेपालगन्ज : द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज– ९ स्थित २ का क्षेत्रफलमा तीन तले भवन निर्माणको विधिवत शुभारम्भ गरिएको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा र सञ्जालकी अध्यक्ष जयन्ती केसीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । सञ्जालको अथक प्रयासपछि उपमहानगरपालिकाको सहयोगमा प्राप्त जग्गामा अब अत्याधुनिक ‘छहारी भवन‘ बन्ने भएको छ ।
तीन लाखको माटो पटान र ४४ लाखको पर्खाल निर्माण गरिसकिएको छ । छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने सञ्जालका संस्थापक अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष शोभा विसीले जानकारी दिईन् । जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तव र नगर प्रमुख राणाले संस्थाको भवन निर्माणका लागि सक्दो सहयोग गर्ने र अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन सुझाव दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु बहादुर लामासहितका जनप्रतिनिधी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधी, महिला लगायतको सहभागिता रहेको थियो।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा