वडाअध्यक्ष तीलकवीरको ‘डनपारा’
नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर चारका वडाअध्यक्ष तीलकवीर सुनारले दिल्लीबाट टेलिफोन गर्न लगाएर समाचार नलेख्न धम्की दिएका छन् ।
अध्यक्ष सुनारले दिल्लीमा रहेका आफ्ना एक समर्थकलाई टेलिफोन गर्न लगाई नेपालगन्जका पत्रकारलाई आफ्ना विरूद्ध समाचार नलेख्न उर्दी जारी गर्न लगाएको खुलेको छ । अध्यक्ष सुनारले एक स्थानीयलाई वडा कार्यालयबाट पाउने सेवा सुविधा नदिएको, वडा कार्यालय पायक पर्ने ठाउँमा नभई आफ्नो घर नजिक राखेको लगायतका समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका थिए ।
समाचार प्रकाशनमा आएपछि फेसबुकमार्फत आधुनिक युवा सञ्जालका सदस्यलाई लगाएर समाचार लेख्ने पत्रकारको औला काटेर कुकुरलाई खुवाईदने धम्की दिएका सुनारले पछिल्लो समय भारतको दिल्लीबाट समेत टेलिफोन गर्न लगाई पत्रकारमाथी आक्रमणको प्रयास गरिरहेका छन् ।
राती १२ बजे सुतिरहेका बेला भारतको दिल्लीबाट फोन गर्न लगाएर अध्यक्ष सुनारले पत्रकारलाई त्रसित बनाईरहेका छन् । अध्यक्ष सुनारको निर्देशन र आडमा दिल्लीमा रहेको भनिएका सुनारका रञ्जित भनिने एक जना साथीलाई फोनबार्ता गर्न लगाएको एक पत्रकारले बताए ।
उक्त टेलिफोन वार्तामा आईन्दा अध्यक्ष सुनारका बिषयमा यसको विरूद्ध कुनैपनि समाचार नलेख्न चेतावनी दिदैं यदि लेख्न परेमा अध्यक्षको अनुमतिमा मात्रै लेख्न भनिएको ती पत्रकार बताउँछन् । आफू असुरक्षित महशुस गर्दै ती पत्रकारले आफ्नो नाम नलेख्न बताएपछि स्रोत सुरक्षित राखिएको छ ।
सकरारले प्रतिबन्ध लगाएकै बेला वडापालिकाको विकासका निहुँमा रोलर खरिद गरी व्यक्तिगत आम्दानी गरिरहेका अध्यक्ष सुनारको दादागिरी रवैयाले उक्त वडाबासी हारथाक भईसकेका छन् । अध्यक्ष सुनारले पाखुरीको बल र दुई चार जना डनहरूको सहयोगमा नेपालगन्जका पत्रकारदेखि गाउँपालिकाकै जनप्रतिनिधीलाई समेत धम्काउँदै आएका छन् ।
केही दिनअघि वडाअध्यक्षको दागिरीले सेवाग्राही सेवाबाट बञ्चित शिर्षकको समाचार प्रकाशित भएपछि सुनारको आडमा खजुराकै डन भनिने कठ्लित कृष्ण किरण नामक युवाले फेसबुकमा औला काट्ने धम्की दिएका थिए । यसैगरी कोहलपुरका कुशल जैशीले पनि समाचार लेख्न पत्रकारलाई ठिक गर्ने भन्दै फेसबुकमै कमेन्ट गरि धम्की दिएका छन् ।
अध्यक्ष सुनारले शुक्रबारसम्म वडापालिकाको कार्यालय पायक पर्ने स्थानमा सार्न चासो देखाएका छैनन् । वडाबासीको माग वडा कार्यालय पायक पर्ने ठाउँमा सार्नुपर्ने माग शुक्रबार पनि कायमै छ । पटक-पटक विवादमा आईरहेका अध्यक्ष सुनारले नेकपा खजुरा गाउँपालकाका पार्टी अध्यक्ष राजकुमार विकलाई टेलिफोन गरी आफूले पार्टी संगठन र वडाअध्यक्षबाटै राजीनामा दिने र डनगिरी शैलीमा सबैलाई ठिक पार्ने धम्की समेत दिएको खुलासा भएको छ ।
नेपाली सेनामा भगौडा समेत रहेका अध्यक्ष सुनारले विगतमा वैदेशिक रोजगारीका नाममा पनि गैरकानूनी काम गर्दै आएको एक स्रोतले खुलासा गरेको छ ।
थप समाचार पढ्नुस्ः
अध्यक्ष सुनारको आडमा पत्रकारको औला काट्ने धम्की
खजुरामा अख्तियार, जनप्रतिनिधीको निदहराम
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा