पत्रकार महासंघ र वडाअध्यक्षको साँठगाँठमा विज्ञप्ती


पत्रकार महासंघ र वडाअध्यक्षको साँठगाँठमा विज्ञप्ती

नेपालगन्ज: नेपाल पत्रकार महासंघका केही पदाधिकारीको मिलेमतोमा खजुरा गाउँपालिका वडा नम्बर चारका वडाअध्यक्ष तीलकवीर सुनारले फेरी पनि दादागिरी र हचुवाको भरमा बिज्ञप्ती सार्वजनिक गर्दै आफ्नो गल्ती ढाकछोप गर्ने दुस्प्रयास गरेका छन् ।

वडाअध्यक्ष सुनारको गलत आचरण र नियमतका विरूद्ध निरन्तर सञ्चारमाध्यममा समाचार आएपछि उनको संरक्षणमा पत्रकार महासंघका बाँकेस्थित केही पदाधिकारीहरू भरिया बनेर लागिरहेको खुलासा भएको छ । वडाअध्यक्ष सुनार नेतृत्वको वडा नम्बर चारबाट सेवाग्राहीले सुविधा नपाएको समाचार आएपछि आक्रोशित सुनारले खजुराकै फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिलाई प्रयोग गरि पत्रकारहरूका औंला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत पाँच दिनअघि धम्की दिएका थिए ।

नेपाल पत्रकार महासंघ र खजुरा गाउँपालिका वडा नम्बर चारका वडाअध्यक्ष तीलकवीर सुनारको मिलेमतोमा सार्वजनिक विज्ञप्ती

 

उक्त धम्कीपछि बाँकेका पत्रकारहरू निरन्तर समाचार सम्पे्रषण र जीउज्यानको सुरक्षाको प्रत्याभूतिका लागि बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलसँग माग गरिरहेका बेला महासंघकै पदाधिकारीले अपराधजन्य कार्यमा संलग्न भएको महसुस भईरहेका वडाध्यक्ष सुनारलाई बोकेर आफूखुशी विज्ञप्ती तयार गरी विवाद मिलेको भन्दै अध्यक्ष सुनारको संरक्षणमा उभिएको खुुल्न आएको छ ।

महासंघका वर्तमान तथा पुर्व केही पदाधिकारी र वडाअध्यक्ष सुनारको आन्तरिक सहमतिमा निकालिएको उक्त बिज्ञप्ती बाँकेमा सक्रिय रूपमा कार्यरत जो औला काट्ने धम्कीबाट त्रसित छन् उनीहरूलाई मान्य नहुने पत्रकारहरूले बताएका छन् । धम्की आएको चार दिनसम्म उदासीन नेपाल पत्रकार महासंघ बाँके र यसका पदाधिकारीहरू चारदिन यता अध्यक्ष सुनारसँगको साँठगाँठ र आर्थिक प्रलोभभनमा पर्दै उक्त घटना साम्य पार्ने काममा सक्रिय भईरहेका छन् ।

पत्रकारका औला काट्ने भनी आएको धम्कीप्रति इन्सेक र राष्ट्रिय मानवअधिकार आयोगको समेत ध्यानाकर्षण भईरहेको बेला महासंघका केही पदाधिकारीले दोषीलाई संरक्षण गर्नुले बाँकेका पत्रकार अपराध कार्यमा संलग्नहरूसँग भन्दा पनि पत्रकार महासंघकै पदाधिकारीबाट असुरक्षित महशुस गर्दै आउनुपर्ने अवस्था देखिएको बताईएको छ ।

थप समाचार पढ्नुस्ः

पत्रकारका औला काट्ने प्रकरण: ‘कठ्लिन कृष्ण किरण’ फरार

अध्यक्ष सुनारको आडमा पत्रकारको औला काट्ने धम्की

खजुरामा अख्तियार, जनप्रतिनिधीको निदहराम

वडाअध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले बञ्चित

जनप्रतिनिधी नै कमाउँ धन्दामा सक्रिय