'कठ्लिन कृष्ण किरण’ले माफी मागे


'कठ्लिन कृष्ण किरण’ले माफी मागे

नेपालगन्ज : समाचार लेख्ने पत्रकारका औला काटेर कुकुरलाई खुवाई दिने भन्दै फेसबुकमार्फत धम्की दिने खजुराका फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले आइतबार बाँकेका पत्रकारसँग माफी मागेका छन् ।

खजुरा गाउँपालिका वडा नंम्बर चारका वडाअध्यक्ष तीलकवीर सुनारले वडापालिकाबाट गाउँलेलाई सहज सेवा प्रवाह नगरेको गाउँलेलाई अपायक पर्ने स्थानमा आफुखुशी कार्यालय राखेको लगायतका बिषयमा समाचार स्थानीय सञ्चारमाध्यममा प्रकशित भएपछि उक्त व्यक्तिले वडाअध्यक्ष सुनारका बिपक्षमा समाचार लेख्ने बाँकेका पत्रकारको औला काटेर कुकुरलाई खुवाईदिने धम्की दिएका थिए ।

समाचार लेखेकै कारण यस्तो धमकी आउपछि आफूहरू असुरक्षित भएको भन्दै बाँकेका क्रियाशिल पत्रकारहरूले सुरक्षाको माग सहित ती व्यक्तिलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा मौखिक आग्रह गरेका थिए । बाँकेका क्रिायशिल पत्रकारहरूको मागअनुसार बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलको सक्रियतामा उक्त व्यक्तिलाई आइतबार नियनत्रणमा लिईएको थियो ।आईतबार केही घण्टा प्रहरीको नियन्त्रणमा रहेका फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्ति र औला काट्ने धम्की खेपिरहेका पत्रकारबीच लामो बहस तथा छलफल पछि ती व्यक्तिले गल्ती गरे भन्दै एक पटकलाई माफी मागेका थिए ।

उनले ‘म बाट गल्ती भयो अब देखि कहिल्यै यस्तो गल्ती हुँदैन् मलाई एकचोटी क्षमा दिनुहोस्’ भनेपछि उनलाई माफी दिई आईन्दा यस्ता काम र क्रियाकलप नगर्न आग्रह गरेका छन् । फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले प्रहरी प्रमुख एसपी पौडेलको रोबहरमा माफी मागेपनि वडाअध्यक्ष सुनार भने आइतबार साँझ सम्पर्कमा छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष सुनार र नेपाल पत्रकार महासंघका केही पदाधिकारीको मिलेमतोमा शुक्रबार फेरि दादागिरी र हचुवाको भरमा बिज्ञप्ती सार्वजनिक गर्दै आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गरेका छन् । वडाअध्यक्ष सुनारको गलत आचरण र नियमतका विरूद्ध निरन्तर सञ्चार माध्यममा समाचार आएपछि उनको संरक्षणमा पत्रकार महासंघका बाँकेस्थित केही पदाधिकारीहरूले उक्त बिज्ञप्ती प्रकाशन गरेको खुल्न आएको छ ।

यस बिषयमा पीडित पत्रकारहरूसँग कुनैपनि छलफल गरिएको छैन् । उक्त बिज्ञप्तीका बिषयमा बुझ्न खोज्दा वर्तमान पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारूको मोवाईल समपर्क हुन नसकेको पीडित पत्रकारहरूको भनाई छ । बाँकेका समग्र पत्रकारको औला काट्ने धम्की आउँदा समेत आइतबार साँझसम्म पनि नेपाल पत्रकार महासंघ बाँके शाखा कानमा तेल हालेर उदासीन रहेको पीडित पत्रकारहरूले बताए । उनीहरूले महासंघले पत्रकारका पक्षमा नभनी उल्टै वडाअध्यक्ष सुनारको पक्षमा लभिङ्ग गरिरहेको ठहर गर्दै महासंघप्रति घोर आपत्ति गरेका छन् ।