नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले आईतबार चौथो नगर सभा गरेको छ । उक्त सभाको समाचार संकलनबाट पत्रकारलाई बञ्चित गराईएको छ । उक्त सभामा बाँकेका कुनैपनि सञ्चार माध्यमलाई खबर नगरिएको सञ्चार माध्यमहरूले बताएका छन् ।
यद्दपी उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को बार्षिक बजेट योजना तथा कार्यक्रमहरु रकमान्तर तथा संशोधन गरेको खबर आएको छ । यसैगरी सभाले आर्थिक बर्ष २०७४/७५ को मौज्दात बजेट मध्ये सम्वन्धित वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटहरुमाथि थप छलफल गरेको उपमहानगरपालिका स्रोतले बताएको छ ।
एक हप्तापछि पुनः अर्को सभा बस्ने भएको छ । उक्त सभाबाट विनियोजित कार्यक्रम तथा बजेट स्वीकृत गर्ने तयारी छ । सभामा उपमहानगरपालिका अन्तगर्त सुशासन समिति विधायन समिति र लेखा समिति नियमावली बनाउने प्रस्ताव पनि पेश भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताए ।
नगरको ट्राफिकीङ, अटो रिक्सा, ठेला व्यवस्थापन लगायतका विषयले पनि प्रवेश पाएको छ । यी विषयमा थप छलफल गरि आगामी सभाबाट स्वीकृत गरिने भएको छ । आफनो वडा कार्यालय भवन नभएका वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समित कार्यालयसँग रकम माग गर्ने प्रस्ताव पनि छलफलमा ल्याइएको छ । सौहार्दपूर्ण रुपमा सञ्चालीत सभामा प्रस्तुत विषयमा थप छलफल हुने छ ।
छलफलका विषयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगर प्रमुख डा धवल शम्शेर राणाले विश्वास व्यक्त गरेका थिए । नगर उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललगायतको सहभागिता रहेको सभामा वडा अध्यक्ष तथा सदस्यले विभिन्न विषयमा आवश्यक सल्लाह सुझाव दिएका थिए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा