नेपालगन्ज: वडा अध्यक्षले महिलामाथी हातपात गरेकाछन् । जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले महिलामाथी हातपात गरेको खुल्न आएकोछ ।
उनले वडा नम्बर २ बेलभार निवासी सकुन्तला दर्जीलाई तीन दिनअघि हातपात गरेको घटना सार्वजनिक भएको हो । गाउँमा भएको सामान्य विषयमा वडाअध्यक्ष गुप्ताले गुण्डागर्दी शैलीमा महिलामाथी हातपात गरेका थिए । महिलाले आफु वडाअध्यक्षबाटै अन्यायमा परेको भन्दै प्रहरीमा उजुरी गरेपछि घटना बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँके मातहत महिला तथा बालबालिका सेलले वडाअध्यक्ष गुप्ता र पीडित दर्जीबीचको विवाद मिलाईसकेको बताएको छ । वडाअध्यक्ष गुप्ताले दवाव दिएर उनलाई मिलापत्र गर्न बाध्य पारेको पीडितले गुनासो गरेकी छन् । महिला सेलमा वडाअध्यक्ष गुप्ताले आफ्नो गल्ती स्वीकार गर्दै दुबै हात जोडेर माफी मागेको नेपाल तरुण दल क्षेत्र नम्बर ३ का कार्यबाहक अध्यक्ष रामचन्द्र गुप्ताले जानकारी दिए । वडाअध्यक्ष गुप्ता स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादीबाट निर्वाचित भएका थिए ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश