पानीमा सिण्डिकेट


पानीमा सिण्डिकेट

नेपालगन्ज : तरकारीमा सिन्डिकेट छ । मासुमा सिन्डिकेट छ । ट्याक्सीमा सिन्डिकेट छ । बसमा सिन्डिकेट छ । औषधीमा धरि सिन्डिकेट छ । शिक्षामा सिन्डिकेट छ । स्वास्थ्यमा सिन्डिकेट छ । उपभोक्ताले खाए खा नखाए घिच जस्तो व्यवहार गर्न उत्पादक र सेवाप्रदायक मिलेर मूल्य तोकिरहेका छन् ।

छनोटको अधिकार भए पनि मूल्यमा त्यो अधिकार पाएका छैनन् । पछिल्लो समय पानी बिक्रिवितरणमा समेत सिन्डिकेट भएको खुलेको छ ।
प्रत्येक व्यवसायमा उचित क्षतिपूर्तिको व्यवस्था कानूनले गरेको छ । तर, त्यसबारे न उपभोक्ता सचेत छन् न राज्य त्यो अधिकार प्रत्याभूत गर्न सक्षम छ । उपभोक्तामाथिको बेइमानी विकसित देशमा अति संवेदनशील मानिन्छ । तर, बाँकेका उपभोक्ता कठैको हालतमा छन् । उपभोक्ता निरीह छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ तयार भइसकेको छ । यसले उपभोक्ताविरोधी हर्कत गर्नेलाई बढीमा तीन वर्षको कैद वा ६ लाख रुपैयाँसम्म जरिवाना या दुवै सजायको व्यवस्था गरेको छ । तर, हिजोका दिनमा पनि उपभोक्ताले क्षतिपूर्ति पाउन सकेका उदाहरण दुर्लभ थिए । यतिबेला पनि फेरि जरिवाना र दण्ड सजाय वृद्धि हुँदासमेत उस्तै हालत हुने हो कि भन्ने शंका मेटिन भने सकेको छैन । किनभने राज्य संयन्त्रको अनुगमन फितलो छ ।

बाँकेमा पानी व्यवसायीले कम्पनीबाट सिधै खरिद गरेर पानी बिक्रि गर्न नपाएको गुनासो गरेका छन् । केही पानी बिक्रेताहरूले संघ बनाएर आफूखुशी आफ्नै मनपरीमा सिन्डिकेट शैलीमा पानी बिक्रि वितरण गरिरहेको नेपालगन्जका पानी बिक्रेता गोकर्ण न्यौपाने बताउँछन् ।
उनकाअनुसार पानी बिक्रेताले सिधै कम्पनीबाट पानी खरिद गरि बिक्रि गर्न नपाएको कारण पानी व्यवसायमा सिन्डिकेट लागू भएको महशुस गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कम्पनीबाट संघमा आवद्ध केही बिक्रेताले मात्रै पानी खरिद गर्न पाउने भन्दै अरू थोक तथा खुद्रा व्यवसायीलाई सिधै पानी खरिदमा रोक लगाईएको न्यैपानेले बताए । उनकाअनुसार नेपालगन्जमा करिब एक दर्जनबढी कम्पनीका पानी बिक्रेता रहेपनि सबैले सिधै कम्पनीबाटै पानी खरिद गर्न पाएका छैनन् ।

खुद्रा तथा थोक बिक्रेताले सिधै कमपनीबाट खरिद गर्न नमिल्ने पानी संघका पदाधिकारी सन्तोष बोहोरा बताउँछन् । उनकाअनुसार संघमार्फत मात्रै पानी बिक्रि वितरण हुँदै आएको छ । उत्पादन कम्पनीले सिधै पानी बिक्रि गर्न नपाउँने हुँदा अहिले संघबाट पानी विक्रि वितरण गरिएको पानी व्यवसायी समेत रहेका बोहोराले बताए । बाँकेमा कति कम्पनीका पानी बिक्रि वितरण भईरहेका छन भन्ने यकिन विवरण कसैसँग छैन् । बाँकेभरी करिब दुई दर्जनजति कम्पनीका पानीले बजारीकरण गरिरहेको व्यवसायीहरू बताउँछन् ।

तर, संघमा अहिले पाँचवटा उत्पादन कम्पनीका बिक्रेता डिलरहरू मात्रै आबद्ध रहेको बोहोरा बताउँछन् । उनकाअनुसार पानीमा सिन्डिकेट छैन् उनले भने ‘कम्पनीबाट डिलरले बाहेक अरूले सिधै खरिद गर्न नमिलने भएकोले संघ मार्फत खरिदको प्रक्रिया मात्र मिलाईएको हो ।’
उनकाअनुसार यसलाई सिन्डिकेट भन्न मिल्दैन् ।

केही दिनअघिसम्म एक सय १५ रूपैयाँमा एक पेटी बिक्रि भईरहेको पानीको मूल्य पनि चैत्र एक गतेदेखि भारी मात्रामा बढेको छ । बोहोराअनुसार अहिले व्यवसायीले एक सय ५० सम्मा एक पेटी पानी बिक्रि गरिरहेका छन् । यसले उपभोक्ता मर्कामा परेका छन् । तर, कतिपय स्थानमा सलपिच्छे पानीको पेटी, जार र बोत्तलमा दोब्बर फरक समेत पर्ने गरेको छ ।

सडकपेटीमा बिक्रि गरिने एक बोत्तल पानीको त २० देखि ४० रूपैयाँ समेत तिर्नुपरेको उपभोक्ता गोपाल खत्री बताउँछन् । उनकाअनुसार न पानीको मूलय एकरूप छ नत गुणस्तर नै बिक्रिवितरणमा समेत सिन्डिकेट लागू गरिएको जस्तोे देखिएको छ ।