बालविवाह न्यूनिकरणः एसपी पौडेल


बालविवाह न्यूनिकरणः एसपी पौडेल

नेपालगन्ज : बाँकेमा पछिल्लो समय बाल विवाहको अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी अरुण पौडेलले बताएका छन्।
बाल विविवाह नियन्त्रण गर्न विभिन्न संघ संस्थाहरुको सहयोग, जनचेतनाको अभिबृद्धि पछि केहि बर्ष अघि जस्तो बाल विवाहका घटना सम्बन्धि घटना दर्ता नभएको एसपी पौडेलले बताए ।

एसपी पौडेलका अनुसार विभिन्न संघ संस्थाहरुबाट गुनासाहरु आईरहेको र यसको समाधानका लागि जिल्ला प्रहरी कायालर्य बाँके तयार रहेको एसपी पौडेलले बताए । एसपी पौडेलका अनुसार बाल विवाहमा विशेष गरि उनिहरुकै अविभावकको मुख्य भूमिका रहने गरेको बताउदै बालबालिका लागि दिर्घकालिन असर पार्ने बाल विवाह रोक्नका लागि विषेश महत्वका साथ जिल्ला प्रहरी कार्यालय बाँकेले हेरेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

एसपी पौडेलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत विभिन्न स्कुल तथा कलेजहरुमा बाल विवाह सम्बन्धि सचेतनाका कार्यक्रहरु गरिरहेको बताए । उनले यस्ता कार्यक्रमबाट बालविवाहमा कमी आउने समेत आशा व्यक्त गरेका छन् । उनले जिल्ला प्रहरी कार्यलय बाँके बाल विवाह रोक्न प्रतिबद्धता रहेको बताए ।