होलीमय नेपालगन्ज: विद्यार्थीले मनाए होली


होलीमय नेपालगन्ज: विद्यार्थीले मनाए होली

एकअर्कामा अविर लगाएर होली मनाउदै विद्यार्थी । तस्विरः समिर श्रेष्ठ/सेतोखरी

नेपालगन्ज:असत्यमाथिको विजयी गरी सत्मार्गमा लागेको खुशीयालीमा एक अर्काबीच रंगहरु प्रयोगबाट खुशीयाली साटेर मनाइने पर्व हो, होली । होली पर्व विशेषगरी हिन्दु धर्ममा आस्था राख्ने सम्प्रदायमा मनाइन्छ ।

एकअर्कामा अविर लगाएर होली मनाउदै विद्यार्थी । तस्विरः समिर श्रेष्ठ/सेतोखरी

तर, पछिल्लो समयमा होली सवैको साझा बन्दै आएको छ । साथै पर्व मनाउने समयावधि पनि लम्बिएको छ । एक दिन मनाइने होली पर्व पनि अब एकै दिनमा सिमित भएको छैन । हप्तादिन अघिदेखि यसको उमङ्गले सवैलाई छोएकोछ । नेपालमा पहाडी र तराई भेगमा गरी दुईदिन होली मनाइन्छ । तर, केही समयता होली पर्व साप्ताह व्यापी मनाउने चलन चलेको छ । होली आउनु एक साताअघिदेखि नै एक अर्काबीचमा रंगहरु लगाउँदै खुशीयाली साँट्ने गरिन्छ ।

एकअर्कामा अविर लगाएर होली मनाउदै विद्यार्थी । तस्विरः समिर श्रेष्ठ/सेतोखरी

यसपटकको होली भोली बुधबार पहाडी क्षेत्रमा हर्षोउल्लासका साथ र तराईका केही ठाउँमा सांकेतिक रुपमा मनाइदै छ । तराईका लागि भने बिहीबार विशेष रुपले मनाइने गरिन्छ ।

होली मनाउदै विद्यार्थी । तस्विरः समिर श्रेष्ठ/सेतोखरी

तर, होलीको उमङ्गले नेपालगन्जलाई आईतबारदेखि नै छोइसकेकोछ । होलीलाई मध्यनजर राख्दै सरकारले पनि दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेकोछ । यस वर्षको फागु पूर्णीमा अर्थात होली ६ र ७ गते मनाईदैछ । तिथिमा आएको घटबडका कारण यस वर्षको होली चैत्रमा परेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj
रङ्गले रङ्गिएका विद्यार्थी । तस्विरः समिर श्रेष्ठ/सेतोखरी

दुई दिन सम्म मनाइने यो चाडले नेपालगन्जलाई काखी च्यापीसकेकोछ । होलीको पूर्व सन्ध्यामा नेपालगन्जका चोक–चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउछन् । सामाग्री खरिद विक्रीमा ब्यापारिले आफ्नो पसल सजाएकाछन् । उत्तिकै मात्रामा ग्राहकको पनि भीड लागिरहेकोछ । बालकदेखी बृद्धासम्म होलीको उमङ्गले छोइसकेकोछ ।

सदरलाईनमा होलीका लागि बेच्न राखिएका सामाग्री । तस्विरः विजय मल्ल/सेतोखरी

होलीको पूर्वसन्ध्या आज मङ्गलबार नेपालगन्ज तथा आसपासका विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिती जनाइसकेकोछ । विद्यालय तथा कलेजको गेटबाट बाहिरिदै गरेका विद्यार्थीहरु रगिन अनुहार लिएर निस्किरहेकाछन् । कतिपयले सडकमै साथीभाईलाई अविर र रङ्ग लगाई शुभकामना साटिरहेकाछन् ।

होलीका लागि बेच्न राखिएका सामाग्री । तस्विरः विजय मल्ल/सेतोखरी

दुई दिनसम्म मनाइने पर्व धार्मिक तथा साँस्कृतिक हिसाबमा महत्वपूर्ण चाडका रुपमा लिइएकोछ । यो चाड पछिल्लो समय हिन्दू धर्मावलम्बीहरु माझ मात्र सिमित भएन ।

होलीका लागि बेच्न राखिएको अबिर। तस्विरः विजय मल्ल/सेतोखरी

अन्य धर्मवालम्बिहरुले पनि उत्तिकै चाख दिएर मनाउने गर्छन् । धार्मिक तथा साँस्कृतिक सद्भावसंग जोडिएको होली पर्वले बैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्छ ।

होलीका लागि बेच्न राखिएका सामाग्री । तस्विरः विजय मल्ल/सेतोखरी

नेपालको पहाडी जिल्लामा होली चाड यहि फाल्गुन ६ गते मनाईदैछ भने त्यसको दोस्रो दिन तराईमा अर्थात ७ गते फागु पूर्णीमा मनाइदैछ । दोस्रो दिन तराईमा मनाइने भएता पनि होलीले नेपालगन्जलाई छोएकोछ ।

होलीका लागि बेच्न राखिएको मुकुण्डो । तस्विरः विजय मल्ल/सेतोखरी

बिद्यालयमा बिदा अगावै बिद्यार्थीहरुले एकआपसमा होली खेलेर रमाईलो गरेका छन् । तराईका जिल्लामा बुधबार ७ गते होली मनाईने भएपनि साथीहरुसँग होलीको दिन भेट नहुन सक्ने भन्दै बिद्यार्थीले समय अगावै होली मनाएको विद्यार्थी बताउछन् । होली प्रेम, मित्रता र सद्भावको पर्व भएकोले आफ्ना साथीसँग बिद्यालयमा होली खेलेर प्रेम साटासाट गरेको होली मनाइरहेका बिद्यार्थीले सेतोखरीलाई बताए । स्कुल पोसाकमै गएका बिद्यार्थीहरु घर फर्किदा रंगिबिरंगी बनेर फर्कीए ।

अबिर बेच्दै स्थानीय ब्यापारी। तस्विरः विजय मल्ल/सेतोखरी