नेपालगन्ज २ फागुन : बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाईकलमा सवार महिलालाई बाघले झम्टेर मारेको घटना सेलाउन नपाउदै कैलालीमा बाघको आक्रमणमा परि एक युवतीको मृत्यु भएकोछ ।
गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको बाघ आक्रमणमा परि मृत्यु भएको हो । घाँस काट्न जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोछ ।
भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको वसन्ता करिडोरहुँदै बाघ गौरीगंगा नगरपालिकाको मसुरिया क्षेत्रमा आइपुगेको हो । दुई दिन अघि कैलारी गाउँपालिकामा एक जनालाई आक्रमण गरी घाइते बनाएको बाघ वसन्ता करिडोरहुँदै मसुरिया क्षेत्रमा आइपुगेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए ।
सो क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि डिभिजन वनले क्यामेरा ट्रयापिङ समेत थालेका छ । क्यामेरा ट्रयापिङबाट बाघ पत्ता लागेपछि समातेर संरक्षित क्षेत्रमा सार्ने वा कुनै चिडियाखानामा राख्ने तयारी भइरहेकोछ ।
पछिल्लो समय निकुञ्ज, निकुञ्ज आसपास तथा मध्यवर्ती क्षेत्रमा बाघ आतंक बढेर आएकोछ । वन्यजन्तु र मानवविच द्वन्द्व बढ्दै गएपछि सो क्षेत्रका स्थानीय त्रसित बनेकाछन् ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व