कैलालीकी २५ वर्षिया युवतीलाई बाघले खायो


कैलालीकी २५ वर्षिया युवतीलाई बाघले खायो

नेपालगन्ज २ फागुन : बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाईकलमा सवार महिलालाई बाघले झम्टेर मारेको घटना सेलाउन नपाउदै कैलालीमा बाघको आक्रमणमा परि एक युवतीको मृत्यु भएकोछ ।

गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको बाघ आक्रमणमा परि मृत्यु भएको हो । घाँस काट्न जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोछ ।

भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको वसन्ता करिडोरहुँदै बाघ गौरीगंगा नगरपालिकाको मसुरिया क्षेत्रमा आइपुगेको हो । दुई दिन अघि कैलारी गाउँपालिकामा एक जनालाई आक्रमण गरी घाइते बनाएको बाघ वसन्ता करिडोरहुँदै मसुरिया क्षेत्रमा आइपुगेको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताए ।

सो क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि डिभिजन वनले क्यामेरा ट्रयापिङ समेत थालेका छ । क्यामेरा ट्रयापिङबाट बाघ पत्ता लागेपछि समातेर संरक्षित क्षेत्रमा सार्ने वा कुनै चिडियाखानामा राख्ने तयारी भइरहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय निकुञ्ज, निकुञ्ज आसपास तथा मध्यवर्ती क्षेत्रमा बाघ आतंक बढेर आएकोछ । वन्यजन्तु र मानवविच द्वन्द्व बढ्दै गएपछि सो क्षेत्रका स्थानीय त्रसित बनेकाछन् ।