बाँकेमा आठ हजार १ सय ७५ जना सहभागी
नेपालगन्ज : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बाँके सहित देशभर सुरु भएकोछ । आईतबार विहान ८ बजेदेखि सुरु भएको परीक्षा शान्तिपूर्ण भइरहेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले एसईइ परीक्षालाई मध्यनजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारेकोछ । प्रहरी सुरक्षा घेरामा यतिखेर परीक्षा सञ्चालन भइरहेकोछ ।
एसईइको पहिलो दिन अंग्रजी विषयको परीक्षा भइरहेकोछ । जिल्लाभरका ३३ वटा परीक्षा केन्द्रमा प्रहरीसहितको टोली सुरक्षामा खटिएका छन् । नेपालगन्जका विभिन्न नाका तथा परीक्षा केन्द्र वरिपरि हुन सक्ने सभ्भावित सुरक्षा चुनौतीलाई निस्तेज पार्न प्रहरी सक्रिय छन् । समय समयमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयको मोबाईल टोली पनि विभिन्न परीक्षा केन्द्र र सो आसपासको क्षेत्रमा निगरानी बढाईरहेकोछ ।
यसवर्षको एसईइ परीक्षामा बाँकेमा आठ हजार १ सय ७५ जना परिक्षार्थी एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका निमित्त प्रमुख उद्धब श्रेष्ठले जानकारी दिए । उनले भने जिल्ला भरका परीक्षाकेन्द्रमा केही विद्यार्थी अनुपस्थिती भएता पनि कति विद्यार्थी अनुपस्थिती भए भन्ने कुराको विवरण वेलुका मात्र थाहा हुने बताएकाछन् । यद्यपी सवै परीक्षा केन्द्रमा विद्यार्थीहरु परीक्षामा सम्मलित भएकाछन् ।
शैक्षिक शत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्न सक्नेछ ।
सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । एसईइ परीक्षा अन्तरगत बाँकेमा खुला विद्यालय तीन, प्राविधिक धारका पाँच विद्यालय, निजी विद्यालय ८० र सामुदायिक ८५ गरी कुल १ सय ६५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएकाछन् ।
मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन, अनुगमन उत्तरपुस्तिका खरिद लगायत सम्पुर्ण काम प्रदेश सरकारले गरेकोछ । देशभरमा चार लाख ७५ हजार तीन जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन् । यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ । आगामी चैत्र २१ गते सम्म सञ्चालन हुने परीक्षामा ७२ हजार ६७१ जनशक्ति खटिएकाछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।
बाँकेमा पाँच महिला केन्द्राध्यक्ष
एसईइका लागि बाँकेमा पाँचजना महिला केन्द्राध्यक्षमा तोकिएका छन् । जिल्लाभरमा जम्मा ३३ जना केन्द्रध्यक्ष राखिएकोमा पाँच जना महिला रहेको छन् । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार, कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज मावि केन्द्रमा गोमा चालिसे, त्रिभूवन मावि केन्द्रमा देवका थापा, खजुराको जनता मावि सन्तकुटी केन्द्रमा निर्मला गुरूङ्लाई केन्द्राध्यक्ष तोकिएको छ ।
त्यस्तै नेपालगन्जस्थित एबिसी रेसिडेण्टल हाइस्कुल केन्द्रमा शशी स्वाँर र होप इन्टरनेशनल एकेडेमी केन्द्रमा केशवा रेग्मीलाई केन्द्राध्यक्ष तोकिएको छ । बाँकेमा पाँच जना शिक्षिकाले केन्द्राध्यक्षको जिम्मेवारी पाएको पहिलो पटक हो । केन्द्राध्यक्षको जिम्मेवारी पाएका शिक्षिकाहरुले एसइई परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्ने जनाएका छन् ।
पाँच जना कैदीबन्दी सहभागी
श्रेष्ठका अनुसार यसवर्षको एसईइ परीक्षामा बाँकेका ५ जना कैदीबन्दी पनि परिक्षामा सहभागी भएका छन् । कैदीबन्दीका लागि नेपालगन्जको सरस्वती माविमा परीक्षा दिने व्यवस्था मिलाइएको निमित्त प्रमुख श्रेष्ठले सेतोखरीलाई बताए ।
सुरक्षा निगरानीमा प्रश्नपत्र
माध्यमिक शिक्षा परीक्षा(एसईई)का लागि आवश्यक सवै प्रश्नपत्रको जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्था मिलाएको छ । प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय बाँकेमा सुरक्षासहित राखिएको छ ।
परीक्षालाई लक्षित गर्दै सबै केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको र प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय बाँकेमा सुरक्षाका साथ राखिएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएअनुसार यसवर्षको परीक्षामा बाँकेबाट खुला विद्यालयतर्फ तीन, प्राविधिक धारका पाँच विद्यालय, निजी विद्यालय ८० र सामुदायिक ८५ गरी कुल एक सय ६५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएकाछन् ।
शान्तिपूर्ण परीक्षा
यतिखेर बाँके जिल्ला परीक्षामय भएकोछ । आज विहान ८ बजेदेखि परीक्षा सञ्चालन भएको छ । दशवर्षसम्म कठिन परिश्रम गरि उच्च शिक्षा लिनका लागि फलामे ढोकाकारुपमा लिइएको एसईइ परीक्षा यसअघिका चिट चोराउने र आफ्ना विद्यार्थीलाई पास गराउन विभिन्न चलखेल हुने गरेको थियो । तर, यसवर्षको परीक्षामा त्यस्तो दृष्य देखिएन । परीक्षा केन्द्र आसपास अभिभावक, शिक्षकहरुको भीड देखिदैन ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा