ताप्लेजुङ ९ फागुन : हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ ।
गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो । हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिए ।
विस्तारै मौसम राम्रो हुँदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन् ।
यस्तै फक्ताङलुङ गाउँपालिका– ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द भएको थियो ।
सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिए । विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन् । -रासस
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा