नेपालगन्ज। लामो समयपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले दुइतर्फी उडान सुरु गर्दैछ। बुधबारदेखि उसले यो अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्न लागेको हो।
सन् २०२३ देखि सञ्चालनमा आएको यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकिरहेको थिए। सञ्चालनको ३ वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेपछि पश्चिम क्षेत्रका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।
यसले पश्चिम नेपालको ट्रान्जिट हब नेपालगन्जलाई पनि उत्साहित बनाएको छ। फ्लाइ दुबईबाट पोखरा आएका पश्चिमेली यात्रुका लागि नेपालगन्ज बिमानस्थल ट्रान्जिट हुनेछ।
योसँगै निजी सेवा प्रदायक बुद्ध एयरले पनि चाँडै नै नेपालगन्ज-पोखरा-नेपालगन्ज उडान सुरु गर्ने तयारी गरिरहेको छ। पटकपटक यो रुटमा उडान सुरु गरेपनि हालका दिनमा यात्रुहरूको अभावले केही दिन नियमित हुन सकेको थिए।
‘अब पर्वको सिजन पनि छ। हामीले यो रुटमा उडान गर्ने भनेका थियौं तर फेरि यात्रुको अभाव भयो। अनि रोकेका थियौं। अब चाँडै नै नियमित गर्दैछौं’ बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले सेतोखरीसँग भने ‘अब पोखरामा अन्तर्राष्ट्रिय उडान पनि सुरु हुने भएपछि यात्रुको माग पनि बढ्नेछ। यसले पोखरामात्रै नभएर पश्चिम क्षेत्रकै लागि केही फाइदा पनि हुनसक्ला।’
उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट पोखरा आएका पश्चिम नेपालका यात्रुहरूका लागि नेपालगन्ज ट्रान्जिट हुनेछ। खासगरी विदेशबाट फर्किएका पश्चिम नेपाल आउने यात्रुहरू तथा पर्यटकहरूका लागि पोखरा-नेपालगन्जको उडानले थप सहज हुनेछ। बुद्ध एयरले नेपालगन्ज-पोखरा-नेपालगन्जमा साताको ३ दिन उडान भर्नेगरी सेवा सुरु गरेको थियो।
‘तर अब यात्रुको चाप हेरेर त्यसमा हेरफेर पनि हुनसक्छ’ शाहले भने ‘फ्लाई दुबईको यो सेवासँगै केही आशा त बढेको हो। अब त्यसको पनि नियमितता हेरौं न कस्तो हुन्छ?'
दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको छ।
नेपालगन्जबाट बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुँदै आएको छ।
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद