कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९मा भएको दुर्घटनामा दुईजनाको उपचारको क्रममा मृत्यु भएकोछ ।
सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा परि जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाँउपालिकाका वीरबहादुर रावलको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नम्बरको मिनीट्रक सोमबार साँझ साढे सात बजे एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । मिनीट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश