चैत ५ गते तेस्रो नेपालगन्ज महोत्सव हुने


चैत ५ गते तेस्रो नेपालगन्ज महोत्सव हुने

नेपालगन्ज १३ फागुन : मेला महोत्सव आयोजना गर्दै आएको एजी सर्भिस प्रालिले आगामी चैत ५ गतेदेखि नेपालगन्जमा महोत्सवको आयोजना गर्ने जनाएकोछ ।

नेपालगन्जको वाटरपार्क स्थित खुला मैदानमा हुने महोत्सवका बारेमा बिहीबार पत्रकार सम्मेलन गरि एजी सर्भिसले जानकारी दिएको हो ।

‘समृद्ध नेपालको प्रमुख आधार, व्यापार कृषि पर्यटन संस्कृतिक तथा रोजगारको पुर्बाधार’ भन्ने मुल नाराका साथ तेस्रो नेपालगन्ज महोत्सव २०७७ हुने भएको आयोजक सर्भिसका अध्यक्ष नन्दबहादुर बुढाले जानकारी दिए ।

सभ्य र भब्यरुपमा महोत्सव सम्पन्न गर्न तयारी तिव्र पारिएको अध्यक्ष बुढाले जानकारी दिए । उनका अनुसार करिब ९० लाखको लगानी आगामी चैत ५ गतेदेखि १६ गतेसम्म लाग्नेछ । सो अवधिमा करिब २ लाख ५० हजार बढिले मेलामा सहभागिता गर्ने आयोजकले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

महोत्सवका तयारीमै रहेको एजी सर्भिसले यसका लागि कानूनी तथा अन्य तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिएकोछ ।

यसका लागि आयोजकले जिल्ला प्रशासन वाटरपार्कको खाली रहेको जग्गामा महोत्सव सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकासंग अनुमति लिएको जनाएकोछ ।
पछिल्लो समय देश संघीय संरचनामा गइसकेपछि यसखाले गतिविधि गर्दा सम्बन्धित स्थानीय निकायसंग समन्वय गर्नुपर्ने प्रावधान गरिएकोछ ।

आयोजकका अनुसार महोत्सवमा प्रवेश शूल्क प्रतिव्यक्ति ६० र विद्यार्थीहरुलाई ४० रुपैयाँ कायम गरिएकोछ ।

१२ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा स्थानीय ब्यापार, ब्यवसाय, उत्पादनसंगै स्थानीयदेखि राष्ट्रिय चर्चित कलाकारको बेजोड प्रस्तुती रहनेछ ।

कोरोना भाइरस संक्रमण केही कम भइरहेकाबेला ब्यापार, व्यवसाय लगायतका क्षेत्र पुनः पुरानै लयमा फर्किरहेको अवस्थामा मेला, महोत्सवको आयोजना गर्न लागिएको हो ।

कोरोना भाइरस संक्रमणले शिथिल बनेको नेपाली अर्थतन्त्रलाई यसखाले मेला महोत्सवले टेवा पुग्ने आयोजकले जनाएकोछ । यद्यपी कोरोना भाइरस संक्रमणका कारण मेला भर्नेदेखि लिएर स्टल बुकिङ्गमा समेत अन्यौलता छाउने हो की भन्दै चिन्ता र चासो समेत आयोजकले राखेकोछ ।

गतवर्ष चैत्रबाट नेपालगन्जको वाटरपार्क नजिक खुला मैदानमा यही कम्पनीले दोस्रो नेपालगन्ज महोत्सवको आयोजना गरेको थियो । कोरोा भाइरसका कारण एक्कासी भएको बन्दाबन्दीले महोतसव स्थगित बन्दा आयोजकलाई करिब ५० लाख घटा लागेको एजी सर्भिस प्रालीका अध्यक्ष बुढा बताँउछन् ।