नेपालगन्जको ईतिहास जोगाउन फोटो फेस्टिबल


नेपालगन्जको ईतिहास जोगाउन फोटो फेस्टिबल

नेपालगन्ज १७ फागुन : नेपालगन्जमा मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँछ । यसअघि फागुन ७ र ८ गते गर्ने भनिएको फेस्टिवल विविध कारणले स्थगित भएपछि मङ्गलबारदेखि दुईदिनसम्म फेस्टिबल सञ्चालन हुनेछ ।

नेपालगन्ज सुर्खेतरोड स्थित होटल बाटिकामा विहान १०ः५९ बजेदेखि फोटो प्रदर्शनी गरिने आयोजकले जनाएको छ । फोटो फेस्टिबलका सम्पूर्ण तयारी पुरा भइसकेकोले निर्धारित समयमै सञ्चालन गरिने आयोजकले बताएकोछ ।

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फेस्टिवलले नेपालगन्ज सहरको महत्व र ईतिहासलाई जोगाउन सहयोग गर्ने बताए । उनले भने, ‘कुनै पनि सहर होस् या घटना । त्यसको आफ्नै एउटा ईतिहास हुन्छ । फोटो खिच्दाको क्षण पनि एउटा ईतिहास हो । जसले हाम्रो समाजलाई नयाँ कुरा सिकाउँछ ।’

नेपालगन्जमा महत्वपुर्ण अर्थ राख्ने घटनाको फोटोहरु निकै कम पाइने गरेको बताउँदै त्यसलाई आगामी दिनमा कम गर्न फेस्टिवलले सहयोग गर्ने शाहले बताए । उनले भने, ‘नेपालगन्जमा पुराना फोटो पत्रकारहरु पनि हुनुहुन्छ । तर, उहाँहरुले खिचेको फोटोहरु जोगाउन सकिएका छैन । हामीसँग २०६२–६३ को जनआन्दोलनकै धेरै फोटोहरु छैनन् । यस्ता ऐतिहासिक क्षणको फोटो जोगाउने प्रयास फेस्टिवलले गर्नेछ ।’

Kids Festival 2022
kanti aarogya hospital

आगामी वर्षदेखी फेस्टिवल हरेक वर्षको फागुन ७ र ८ गते गर्ने शाहले बताए । हरेक वर्ष नेपालगन्जमा फोटो फेस्टिवल गर्दै आएको अन्तरालले यस वर्ष थप विधा थप्दै फेस्टिवललाई थप आर्कषक बनाउने प्रयास गरेको छ ।

अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुनेफेस्टिवलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चारकर्मी र सर्वसाधारणले खिचेका फोटोहरु समावेश गरिनेछ ।

यसअघि फेस्टिवलमा सहभागी हुनका लागी फोटो पत्रकार तथा सर्वसाधारणले पछिल्लो २ वर्ष यता खिचिएको फोटोहरु इमेलमार्फत पठाउनु पर्ने व्यवस्था मिलाएको थियो ।
फेस्टिवलमा यसपटक ५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिने आयोजकले जनाएकोछ ।

समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।

फेस्टिवलको उत्कृष्ट फोटोलाई २५ हजार र विधागत रुपमा उत्कृष्ट हुनेले ५ हजार रुपैयाँ प्रादान गरिने आयोजकले बतायो । फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । आयोजकले यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्ने व्यवस्था गरेको छ ।

प्रतिस्पर्धामा छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनीमा राखिदैछ । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला समेत गरिने आयोजकले जानकारी दिएकोछ । राजधानी काठमाडौंबाट आउने वरिष्ठ फोटो पत्रकारहरुले उक्त कार्यशालामा सहजिकरण गर्नेछन् ।

यसैगरी फेस्टिवलकै अवसरमा प्रतिस्पर्धामा छनोट भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीवीच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ । फेस्टिवलको अवसरमा स्ट्रीट फोटो प्रदर्शनी, वेस्ट सेल्फी लगायतका आर्कषणहरु थपिएका छन ।

यस वर्षदेखि नेपालगन्ज बाहिर पनि फोटो प्रदर्शनी यात्रा हुने आयोजक अन्तरालले जनाएको छ । लुम्बिनी प्रदेशमा अर्को एक ठाउँमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनी यात्रा हुनेछ ।