नेपालगन्ज १७ फागुन : नेपालगन्जमा मङ्गलबारदेखि दोस्रो ‘नेपालगन्ज फोटो फेस्टिवल’ हुदैँछ । यसअघि फागुन ७ र ८ गते गर्ने भनिएको फेस्टिवल विविध कारणले स्थगित भएपछि मङ्गलबारदेखि दुईदिनसम्म फेस्टिबल सञ्चालन हुनेछ ।
नेपालगन्ज सुर्खेतरोड स्थित होटल बाटिकामा विहान १०ः५९ बजेदेखि फोटो प्रदर्शनी गरिने आयोजकले जनाएको छ । फोटो फेस्टिबलका सम्पूर्ण तयारी पुरा भइसकेकोले निर्धारित समयमै सञ्चालन गरिने आयोजकले बताएकोछ ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फेस्टिवलले नेपालगन्ज सहरको महत्व र ईतिहासलाई जोगाउन सहयोग गर्ने बताए । उनले भने, ‘कुनै पनि सहर होस् या घटना । त्यसको आफ्नै एउटा ईतिहास हुन्छ । फोटो खिच्दाको क्षण पनि एउटा ईतिहास हो । जसले हाम्रो समाजलाई नयाँ कुरा सिकाउँछ ।’
नेपालगन्जमा महत्वपुर्ण अर्थ राख्ने घटनाको फोटोहरु निकै कम पाइने गरेको बताउँदै त्यसलाई आगामी दिनमा कम गर्न फेस्टिवलले सहयोग गर्ने शाहले बताए । उनले भने, ‘नेपालगन्जमा पुराना फोटो पत्रकारहरु पनि हुनुहुन्छ । तर, उहाँहरुले खिचेको फोटोहरु जोगाउन सकिएका छैन । हामीसँग २०६२–६३ को जनआन्दोलनकै धेरै फोटोहरु छैनन् । यस्ता ऐतिहासिक क्षणको फोटो जोगाउने प्रयास फेस्टिवलले गर्नेछ ।’
आगामी वर्षदेखी फेस्टिवल हरेक वर्षको फागुन ७ र ८ गते गर्ने शाहले बताए । हरेक वर्ष नेपालगन्जमा फोटो फेस्टिवल गर्दै आएको अन्तरालले यस वर्ष थप विधा थप्दै फेस्टिवललाई थप आर्कषक बनाउने प्रयास गरेको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुनेफेस्टिवलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चारकर्मी र सर्वसाधारणले खिचेका फोटोहरु समावेश गरिनेछ ।
यसअघि फेस्टिवलमा सहभागी हुनका लागी फोटो पत्रकार तथा सर्वसाधारणले पछिल्लो २ वर्ष यता खिचिएको फोटोहरु इमेलमार्फत पठाउनु पर्ने व्यवस्था मिलाएको थियो ।
फेस्टिवलमा यसपटक ५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिने आयोजकले जनाएकोछ ।
समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ ।
फेस्टिवलको उत्कृष्ट फोटोलाई २५ हजार र विधागत रुपमा उत्कृष्ट हुनेले ५ हजार रुपैयाँ प्रादान गरिने आयोजकले बतायो । फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । आयोजकले यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्ने व्यवस्था गरेको छ ।
प्रतिस्पर्धामा छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनीमा राखिदैछ । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला समेत गरिने आयोजकले जानकारी दिएकोछ । राजधानी काठमाडौंबाट आउने वरिष्ठ फोटो पत्रकारहरुले उक्त कार्यशालामा सहजिकरण गर्नेछन् ।
यसैगरी फेस्टिवलकै अवसरमा प्रतिस्पर्धामा छनोट भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीवीच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ । फेस्टिवलको अवसरमा स्ट्रीट फोटो प्रदर्शनी, वेस्ट सेल्फी लगायतका आर्कषणहरु थपिएका छन ।
यस वर्षदेखि नेपालगन्ज बाहिर पनि फोटो प्रदर्शनी यात्रा हुने आयोजक अन्तरालले जनाएको छ । लुम्बिनी प्रदेशमा अर्को एक ठाउँमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनी यात्रा हुनेछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल